काठमाडौँ । विश्व एक्वेटिक्स च्याम्पियनसिपमा नेपालबाट ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टिमले भाग लिने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले विश्व एक्वेटिक्स च्याम्पियनसिपमा सहभागी हुन सिंगापुर जाने ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरेका छन् । जुलाइ ११ तारिखदेखि सुरु भइसकेको प्रतियोगिता अगष्ट ३ तारिखसम्म चल्ने छ । नेपालको खेल भने जुलाइ २७ तारिखदेखि मात्र सुरु हुनेछ ।
च्याम्पियनसिपमा भाग लिने नेपाली खेलाडीमा इर्भिन श्रेष्ठ १ सय र २ सय मिटर फ्रिस्टायल, अजलकाजी ताम्राकार ५० मिटर फ्रिस्टायल र ५० मिटर बटरफ्लाइ, डुवाना लामा २ सय मिटर फ्रिस्टायल र १ सय मिटर ब्रेस्टस्ट्रोक तथा आर्या महर्जन ५० र १ सय मिटर फ्रिस्टायल रहेका छन् ।
च्याम्पियनसिपमामा व्यवस्थापक विकास शर्मा तथा प्रशिक्षक प्रशिक्षक शंकर कार्की पनि जादै छन् ।
कार्यक्रममा नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, अभिभावकलगायतको उपस्थिति रहेको थियो ।
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ । इरानका खेलकुद मन्त्री...
कोशीपारी अनलाइन संवाददाता फागुन २५, काठमाण्डौं अखिल नेपाल फुटबल संघ (एन्फा)ले फागुन २४ गते केन्द्रीय कार्यालयमा लगाइएको तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं टी–२० विश्वकपको उपाधिका लागि आज न्युजिल्याण्ड र भारत भिड्दै छन् । २० टोली सहभागी प्रतियोगिताको...