कोशीपारी अनलाइन
चैत्र १७, काठमाण्डौं
काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयको टोलीले पूर्व सीडीओ रिजाललाई आज मंगलबार सुविधानगरबाट पक्राउ गरेको हो । रिजालमाथि गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा दमन गरेको आरोप छ । उनी जेनजी आन्दोलनको बेला काठमाडौंको प्रमुख जिल्ला अधिकारी थिए ।



