२०८३ बैशाख ८
April 21, 2026, Tuesday

कार्यालयमा भएको तालाबन्दीप्रति एन्फाको आपत्ति

कार्यालयमा भएको तालाबन्दीप्रति एन्फाको आपत्ति

कोशीपारी अनलाइन संवाददाता
फागुन २५, काठमाण्डौं

अखिल नेपाल फुटबल संघ (एन्फा)ले फागुन २४ गते केन्द्रीय कार्यालयमा लगाइएको तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार विज्ञप्ति जारी गर्दै सातदोबाटोस्थित केन्द्रीय कार्यालयमा यही २४ गते सार्वजनिक बिदाको दिन कुनै पूर्व जानकारी र संवाद बिना अप्रत्याशित रूपमा गरिएको तालाबन्दीप्रति एन्फाले गम्भीर ध्यानाकर्षण गराएको हो ।

‘अखिल नेपाल फुटबल संघ (एन्फा) को सातदोबाटोस्थित केन्द्रीय कार्यालयमा मिति २०५२ फागुन २४ गते, सार्वजनिक विदाको दिन सदस्य संस्था ‘नेपाल फुटबल खेलाडी संघ’ बाट कुनै पूर्व जानकारी र संवाद बिना अप्रत्याशित रूपमा गरिएको तालाबन्दीप्रति एन्फाको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।

‘ए’ डिभिजन लिग सञ्चालनका विषयमा सहभागी क्लबहरू र खेलाडीबीच निरन्तर संवाद भइरहेको जनाएको छ । राष्ट्रिय लिग सकिएको एक महिनापछि ‘ए’ डिभिजन लिग सञ्चालन गर्ने तयारी गरिएको पनि एन्फाले जनाएको छ ।

‘ए’ डिभिजन लिग सञ्चालन सम्बन्धमा-शहीद स्मारक ‘ए’ डिभिजन लिग र राष्ट्रिय लिग सञ्चालनका लागि एन्फा, सहभागी क्लबहरू र खेलाडी संघबीच निरन्तर संवाद र समन्वय भइ राष्ट्रिय लिग तय भएको र निर्धारित कार्यतालिका अनुसार राष्ट्रिय लिग सम्पन्न भएको एक महिना पश्चात ‘ए’ डिभिजन लिग सुरु गर्न एन्फा पूर्ण रूपमा प्रतिबद्ध रहेको र सोही बमोजिम तयारी भइरहेको जानकारी गराउन चाहन्छौं, तसर्थ खेलाडी संघको माग र त्रीपक्षिय सहमति तालाबन्दीकोबीचमा सबै दैनिक प्रशासनिक गतिविधिहरु अवरुद्ध हुन गएको कारण कार्यान्वयन गर्न असम्भव देखिन्छ,’ विज्ञप्तिमा उल्लेख छ ।

एन्फाले अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट फाइनल खेलको टिकट बिक्रीबाट आएको केही रकम खेलाडी कल्याण कोषमा जम्मा गर्ने निर्णयमा एन्फा प्रतिबद्ध रहेको उल्लेख गरेको छ ।

एन्फाले खेलाडीको पुरस्कार, तलब तथा भत्ताको विषयमा भने वर्तमान कार्यसमितिले घोषित पुरस्कार पूर्ण रूपमा भुक्तानी गरिसकेको र अघिल्ला कार्यसमितिले बाँकी राखेका पुरस्कार रकम पनि आन्तरिक स्रोतबाट क्रमशः भुक्तानी गर्ने प्रक्रिया अघि बढाइएको जनाएको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ फाल्गुन २५

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ फाल्गुन २५

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ फाल्गुन २५

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP