कोशीपारी अनलाइन
चैत्र १७, काठमाण्डौं
मुग्लिन–नागढुंगा सडक आजदेखि तीन दिनसम्म रातको समयमा बन्द हुने भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–४ को घोप्टेभिरलगायतका स्थानमा सडक स्तरोन्नतिको कार्य भइरहेका कारण रातको समयमा सडकखण्ड बन्द गरेको जिल्ला प्रशासन कार्यालय चितवनका सूचना अधिकारी मदन लामा थिङले जानकारी दिए ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले आजदेखि तीन दिनसम्म राति १० बजे देखि बिहान ४ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएर सडक स्तरोन्नतिको काम तीव्र रुपमा गर्ने जानकारी दिएका हुन् ।
उनले भने,‘अहिले चितवनको इच्छाकामना गाउँपालिका–४ को घोप्टेभिर लगायतका स्थानमा सडक स्तरोन्नतिको कार्य भइरहेको छ । त्यही कारणले आज देखि तीन दिनसम्म राति १० बजेदेखि ४ बजेसम्म सडकखण्ड बन्द गरेर तीव्र रुपमा काम अगाडि बढाउन लागेका हौं ।’
त्यस्तै उनले पटक–पटक सवारी रोक्दा यात्रुहरूले सास्ती भोग्नुपरेको अवस्थालाई मध्यनजर गर्दै रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको पनि जानकारी दिए ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...