२०८३ बैशाख ५
April 18, 2026, Saturday

इरान २०२६ को विश्वकपमा सहभागी नुहने

इरान २०२६ को विश्वकपमा सहभागी नुहने

कोशीपारी अनलाइन
फागुन २९, काठमाण्डौं

इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ । इरानका खेलकुद मन्त्री अहमद दुनियामालीले अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुन लागेको २०२६ को विश्वकपमा आफ्नो देश सहभागी हुन सक्ने अवस्थामा नरहेको बताएका हुन्।
पछिल्लो समय अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमण र इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्युपछि इरानको सहभागिता अन्योलमा परेको हो।
यता फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग भेट गरेपछि ट्रम्पले इरानलाई विश्वकपमा स्वागत छ भनेको बताएका थिए।
इरानी मन्त्री दुनियामालीले अन्तर्वार्ता दिँदै आफ्नो देशको नेताको हत्या गर्ने भ्रष्ट सरकारको देशमा गएर खेल्ने कुनै परिस्थिति नरहेको भन्दै आफ्ना खेलाडीहरू त्यहाँ सुरक्षित नरहेको बताए ।
यो विश्वकप जुन ११ देखि सुरु हुँदैछ। इरानले जुन १५ मा न्युजिल्याण्ड, जुन २१ मा बेल्जियम र जुन २६ मा इजिप्टसँग खेल्नुपर्ने तालिका रहेको थियो ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ फाल्गुन २९

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ फाल्गुन २९

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ फाल्गुन २९

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP