२०८३ बैशाख ५
April 18, 2026, Saturday

स्लो ओभर रेटका कारण इङल्याण्डलाई दुई अंकको कारवाही

स्लो ओभर रेटका कारण इङल्याण्डलाई दुई अंकको कारवाही

काठमाडौँ । इङल्याण्डको विश्व टेस्ट च्याम्पियनसिपमा २ अंक घटेको छ ।

लर्ड्समा भारतविरुद्धको तेस्रो टेस्ट खेलमा स्लो ओभर रेटका कारण दुई अंक कटौती भएसँगै अब विश्व टेस्ट च्याम्पियनसिपमा तेस्रो स्थानमा झरेको छ । बेन स्टोक्सको नेतृत्वमा रहेको इङल्याण्डलाई स्लो ओभर रेटका कारण म्याच शुल्कको १० प्रतिशत जरिवाना पनि लगाइएको छ । यो खेलमा इङल्याण्डले भारतलाई २२ रनले पराजित गरेको थियो ।

आइसीसीका अनुसार, म्याच रेफ्री रिची रिचर्डसनले इङल्याण्डलाई यो जरिवाना लगाएका हुन् ।

यो कारवाहीपछि इङल्याण्ड स्कोर २४ बाट घटेर २२ मा झरेको छ भने अंक प्रतिशत ६६.६७ प्रतिशतबाट घटेर ६१.११ प्रतिशतमा झरेको छ । श्रीलंकाले यसको फाइदा उठायो, जसको प्रतिशत ६६.६७ छ र यो इङल्याण्डलाई उछिन्दै दोस्रो स्थानमा पुगेको छ । अष्ट्रेलिया अहिलेसम्म आफ्ना तीनवटै खेल जितेपछि १०० प्रतिशत अंकका साथ तालिकाको शीर्षमा छ, जबकि भारतको अंक प्रतिशत ३३.३३ छ ।

Related News

इरान २०२६ को विश्वकपमा सहभागी नुहने
इरान २०२६ को विश्वकपमा सहभागी नुहने
  • २०८२ असार ३२

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ । इरानका खेलकुद मन्त्री...

कार्यालयमा भएको तालाबन्दीप्रति एन्फाको आपत्ति
कार्यालयमा भएको तालाबन्दीप्रति एन्फाको आपत्ति
  • २०८२ असार ३२

कोशीपारी अनलाइन संवाददाता फागुन २५, काठमाण्डौं अखिल नेपाल फुटबल संघ (एन्फा)ले फागुन २४ गते केन्द्रीय कार्यालयमा लगाइएको तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण...

टी २० विश्वकप : उपाधिका लागि भिड्दै न्युजिल्याण्ड र भारत
टी २० विश्वकप : उपाधिका लागि भिड्दै न्युजिल्याण्ड र भारत
  • २०८२ असार ३२

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं टी–२० विश्वकपको उपाधिका लागि आज न्युजिल्याण्ड र भारत भिड्दै छन् । २० टोली सहभागी प्रतियोगिताको...

TOP