२०८३ बैशाख ८
April 21, 2026, Tuesday

नेदरल्यान्ड्समाथि नेपालको जित

नेदरल्यान्ड्समाथि नेपालको जित

काठमाडौं । स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले जित निकालेको छ।बिहीबार स्कटल्यान्डको ग्लास्गोमा भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्‍यो।

नेदरल्यान्ड्सले दिएको १७५ रनको लक्ष्य नेपालले २ बल खेल्न बाँकी छदा पूरा गर्‍यो।अन्तिम ओभरमा लोकेश बमले पहिलो बल र चौथो बलमा छक्का हानेर जिताए। दीपेन्द्रसिंह ऐरीले १२ बलमा नटआउट १६ रन जोडे। उनले सबै रन चौका र छक्का नहनी दौडिएर ल्याए। दीपेन्द्र लगातार दुई लिन दौडिदा आरिफ शेख १९‍औं ओभरमा रिटायर्ड आउट हुन बाध्य भए। आरिफले त्यसअघि २३ बलमा ३ चौका र २ छक्काको मद्दतमा ३९ रन बनाए।

ओपनर कुशल भुर्तेलले जोडेको ६५ रन नेपालको जितको आधार बन्यो। उनले ५१ बलमा ६ चौका प्रहार गरे। आसिफ शेख ७ रन र कप्तान रोहित पौडेल ५ रनमा आउट हुँदा भीम सार्कीले १६ बलमा २७ रन बनाए।त्यसअघि स्कटल्यान्डको ग्लास्गोमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ७ विकेटको क्षतिमा १७४ रन जोड्यो।

नेदरल्यान्ड्सका लागि ओपनर माइकल लेभिटले ८६ रन जोडे। उनले ५३ बलमा ६ चौका र ५ छक्का प्रहार गरे। त्यसपछिका चार ब्याटरले भने दोहोरो अंकमा रन जोड् नसकेनन्।ओपनिङ ब्याटर विक्रमजित सिंह शून्य, ज्याच लायन ६ रन, कप्तान स्कट इडवार्ड २ रन र नाओ क्रोएस ५ रनमा आउट भएका थिए। उसले पावरप्लेमा ४ विकेट गुमाउँदा ४५ रन जोडेको थियो।

तर अन्त्यतिर भान डेर मार्वीले बिस्फोटक ब्यटिङ गरे। उनले २१ बलमा ४ चौका र १ छक्काको मद्दतमा नटआउट ३६ रन बनाए। आर्यन दत्तले १८ बलमा नटआउट १७ रन बनाए।बलिङमा नेपालका करण केसीले २ विकेट लिए भने सन्दीप लामिछाने, रुपेश सिंह, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले १(१ विकेट हात पारे।सिरिजका यसअघिका दुई खेलमा नेपालले एक जित र एक हार ब्यहोरेको थियो। नेपालले घरेलु टोली स्कटल्यान्डलाई हराउँदा नेदरल्यान्ड्ससँग तीन वटा सुपर ओभर खेलेर पराजय भोगेको थियो।

जितसँगै तीन खेलबाट चार अंक जोड्दै नेपाल अंक तालिकको शीर्ष स्थानमा उक्लियो। चार खेलबाट चार अंक जोडेको नेदरल्यान्ड्स दोस्रो स्थानमा झर्‍यो। अन्तिम खेलअघि घरेलु टोली स्कटल्यान्डको २ अंक छ। अब नेपाल र स्कटल्यान्डबीच शुक्रबार अन्तिम खेल हुनेछ।

Related News

इरान २०२६ को विश्वकपमा सहभागी नुहने
इरान २०२६ को विश्वकपमा सहभागी नुहने
  • २०८२ असार ६

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ । इरानका खेलकुद मन्त्री...

कार्यालयमा भएको तालाबन्दीप्रति एन्फाको आपत्ति
कार्यालयमा भएको तालाबन्दीप्रति एन्फाको आपत्ति
  • २०८२ असार ६

कोशीपारी अनलाइन संवाददाता फागुन २५, काठमाण्डौं अखिल नेपाल फुटबल संघ (एन्फा)ले फागुन २४ गते केन्द्रीय कार्यालयमा लगाइएको तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण...

टी २० विश्वकप : उपाधिका लागि भिड्दै न्युजिल्याण्ड र भारत
टी २० विश्वकप : उपाधिका लागि भिड्दै न्युजिल्याण्ड र भारत
  • २०८२ असार ६

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं टी–२० विश्वकपको उपाधिका लागि आज न्युजिल्याण्ड र भारत भिड्दै छन् । २० टोली सहभागी प्रतियोगिताको...

TOP