२०८३ बैशाख ५
April 18, 2026, Saturday

स्कटल्यान्डमाथि नेपालको जित

स्कटल्यान्डमाथि नेपालको जित

काठमाडौं।स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्सबीचको टी-२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत घरेलु टोली स्कटल्यान्डमाथि नेपालले मंगलबार २ विकेटको जित निकालेको छ।सिरिजमा नेपालले पहिलो जित हात पारेको हो।९८ रनको सामान्य लक्ष्य नेपालले लक्ष्य ८ विकेटको क्षतिमा १९.५ बलमा पूरा गर्‍यो।नेपालको ब्याटिङ सोचे जस्तोभएन्। ओपनिङ ब्याटर लोकेश बम ९ रन र अनिल साह ३ रनमा आउट भएपछि नेपाललाई सुरुमै दबाब पर्‍यो।

त्यसपछि कप्तान रोहित पौडेल पनि ७ रनमै आउट भए। ओपनर कुशल भुर्तेल चौथो विकेटको रुपमा ३० रन जोडेर आउट भए। भुर्तेलले ३५ बल खेलेर ४ चौका प्रहार गरे।दीपेन्द्रसिंह ऐरीले १४ रन र बसिर अहमदले १३ रन बनाए।रुपेश सिंहलाई सातौं विकेटको रुपमा माइकल लिस्कले आउट गरे।

नेपाललाई अन्तिम ओभरमा जितका लागि चार रन चाहिएको थियो भने तीन विकेट बाँकी थियो। पहिलो बलमा करण केसीले सफायन सरिफविरूद्ध एक रन लिन सफल भए। दोस्रो बलमा पनि किरण ठगुन्नाले एक रन नै लिए। तेस्रो बलमा पनि एक रन भयो। तर चौथो बलमा ठगुन्ना १० रनमा आउट हुन पुगे। जसका करण नेपाललाई अन्तिम दुई बलमा एक रन चाहियो। पाँचौ बलमा सन्दीप लामिछानेले १ रन लिँदै नेपाललाई जित दिलाए।

बलिङमा स्कटल्यान्डका सरिफ र लिस्कले २(२ विकेट लिए।ग्लास्गोमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कटल्यान्ड १९।४ ओभरमा ९७ रनमा अलआउट भयो।स्कटल्यान्डका लागि माइकल लिस्कले सबैभन्दा बढी ४६ रन जोडे। १९औं ओभरको चौथो बलमा अन्तिम विकेटको रुपमा आउट हुनुअघि उनले ४६ बलमा ४ चौका र १ छक्का प्रहार गरे। खेलमा स्कटल्यान्डका ८ ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।पहिलो ओभरमै दीपेन्द्रसिंह ऐरीले ओपनिङ ब्याटर मार्क वाटलाई एक रनमा बोल्ड गरे। दोस्रो ‌ओभरमा करण केसीले ओपनर जर्ज मुन्सीलाई ८ रनमा आउट गरेका थिए।

लगातार विकेट लिएको नेपालले मुन्सी आउट भएको अर्को बलमा लियाम नेलरलाई १ रनमा रनआउट गर्‍यो।

करण केसीले चौथो ओभरमा फिन्ले म्याक्रिथलाई २ रन र अर्को ओभरमा ब्रान्डन म्याकमलेनलाई ललित राजवंशीले १० रनमा क्याच गराएपछि नेपाल खेलमा हाबी भयो। यससँगै करणले टी(२० अन्तर्राष्ट्रिय क्रिकेटमा सय विकेट पूरा गरे।सन्दीप लामिछानेले १३औं ओभर र १६औं ओभरमा २–२ विकेट गरी कुल चार विकेट लिए। सन्दीपले ४ ओभरमा ४ विकेट लिँदा १ मेडन राखे भने ११ रन मात्र खर्चिए। करण केसीको नाममा २ विकेट रह्यो।
दीपेन्द्रले पनि २ विकेट लिँदा ललित राजवंशीले १ विकेट हात पारे।

निर्धारित २० ओभर र एक ओभरका दुई वटा सुपर ओभरका खेलमा स्कोर बराबरी भएपछि खेल तेस्रो सुपर ओभरमा पुगेको थियो।सिरिजमा यसअघि स्कटल्यान्डले नेदरल्यान्ड्सलाई पराजित गरेको थियो।नेपाल र स्कटल्यान्डबीच पहिलो पटक टी-२० अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा भएको हो।

Related News

इरान २०२६ को विश्वकपमा सहभागी नुहने
इरान २०२६ को विश्वकपमा सहभागी नुहने
  • २०८२ असार ४

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ । इरानका खेलकुद मन्त्री...

कार्यालयमा भएको तालाबन्दीप्रति एन्फाको आपत्ति
कार्यालयमा भएको तालाबन्दीप्रति एन्फाको आपत्ति
  • २०८२ असार ४

कोशीपारी अनलाइन संवाददाता फागुन २५, काठमाण्डौं अखिल नेपाल फुटबल संघ (एन्फा)ले फागुन २४ गते केन्द्रीय कार्यालयमा लगाइएको तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण...

टी २० विश्वकप : उपाधिका लागि भिड्दै न्युजिल्याण्ड र भारत
टी २० विश्वकप : उपाधिका लागि भिड्दै न्युजिल्याण्ड र भारत
  • २०८२ असार ४

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं टी–२० विश्वकपको उपाधिका लागि आज न्युजिल्याण्ड र भारत भिड्दै छन् । २० टोली सहभागी प्रतियोगिताको...

TOP