काठमाडौं। नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिदेशीय शृंखलामा नेदरल्यान्ड्सविरुद्ध १६ रनको जित निकालेको छ । मंगलबार स्कटल्यान्डको डुन्डीमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको २३७ रनको लक्ष्य पछ्याउने क्रममा डच टोलीले ४९.२ ओभरमा सबै विकेट गुमाएर २२० रन मात्र बनाउन सक्यो ।
नेदरल्यान्ड्सका वेस्ली बारासीले सर्वाधिक ३६ रन बनाए । कप्तान स्कट एड्वार्ड्सले ३०, ओपनर माइकल लेभिटले २७, काइल क्लेइनले २५ र नोह क्रोएसले २२ रन थपे ।
पालका सन्दीप लामिछाने र नन्दन यादवले समान तीन विकेट लिए । नेपालबाट पहिलोपटक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलेका नन्दनले नौ ओभरमा एक मेडन फ्याक्दै ३९ रनमात्र खर्चिए । ललित राजवंशीले दुई विकेट लिँदा कुशल भुर्तेल र करण केसीले एक/एक विकेट हात पारे ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २३६ रनको योगफल खडा गरेको थियो ।
नेपालका मध्यक्रम ब्याटर आरिफ सेखले सर्वाधिक ८४ रन बनाए । उनले ८५ बलमा सात चौका र दुई छक्का प्रहार गरे ।
यस्तै, कप्तान रोहितकुमार पौडेल र भीम सार्कीले समान ३५ रन थपे । ओपनर कुशल भुर्तेलले १८ रन जोड्दा बसिर अहमेद र करण केसीले समान ११ रन जोडे । डेब्युट्यान्ट नन्दन यादव १० रनमा अविजित रहे ।
नेदरल्यान्ड्सका पउल भान मिकेरेनले चार विकेट लिए । माइकल लेभिटले तीन विकेट लिँदा आर्यन दत्तले एक रन थपे ।
योसँगै नेपालले चारमध्ये तीन जित निकाल्दै स्कटल्यान्ड शृंखलाको अन्त्य गरेको छ । प्रतियोगितामा यसअघि नेपालले पहिलो खेलमा स्कटल्यान्डलाई एक विकेटले र दोस्रो खेलमा नेदरल्यान्ड्सलाई पाँच विकेटले हराएको थियो । तेस्रो खेलमा भने नेपालले स्कटल्यान्डसँग दुई रनको हार बेहोरेको थियो ।
जितसँगै १६ खेलबाट नेपालले १२ अंक जोडेको छ ।
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ । इरानका खेलकुद मन्त्री...
कोशीपारी अनलाइन संवाददाता फागुन २५, काठमाण्डौं अखिल नेपाल फुटबल संघ (एन्फा)ले फागुन २४ गते केन्द्रीय कार्यालयमा लगाइएको तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं टी–२० विश्वकपको उपाधिका लागि आज न्युजिल्याण्ड र भारत भिड्दै छन् । २० टोली सहभागी प्रतियोगिताको...