२०८३ बैशाख ९
April 22, 2026, Wednesday

साहित्यकार मानसाग्निको ‘चैतन्यबोध’ लोकार्पण

साहित्यकार मानसाग्निको ‘चैतन्यबोध’ लोकार्पण

काठमाडौं।कवि, साहित्यकार तथा प्राकृतिक चिकित्सक मानसाग्नि (डा.हरिप्रसाद पोखरेल)को पहिलो निबन्धकृति ‘चैतन्यबोध’ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ ।
प्रमुख अतिथि प्रा.डा. गोविन्दराज भट्टराई, प्रा.डा. कुमारप्रसाद कोइराला, प्रा.डा. हेमचन्द्र नेपाल, प्रा.डा.लक्ष्मणप्रसाद गौतम, निबन्धकार मोमिलालगायतले कृति लोकार्पण गरे ।

कार्यक्रममा  प्रा.डा.भट्टराईले पूर्वीय दर्शन, वेद वेदाङलाई पठनीय निबन्धका रूपमा यस निबन्ध संग्रहमा प्रस्तुत गरिएको बताए ।
उनले यस कृतिले पूर्वीय चेतनालाई प्रकाशमा ल्याएकोमा खुसी व्यक्त गर्दै रसपूर्ण पुस्तक भएको उल्लेख गरे ।

समालोचक महेश पौड्यालको उद्घोषण रहेको उक्त समारोहमा प्रा.डा.हेमचन्द्र नेपालले कृतिमाथि पाठकीय मन्तव्य राख्दै निबन्धकृतिमा दार्शनिक निबन्धहरूको सँगालो भएको बताए । यस कृतिमा वैचारिक शक्तिसहित सूक्तिमयता प्रशस्त रहेको चर्चा गरे ।

प्रा.डा.गौतमले यस कृतिका निबन्धहरूले आफूलाई चिन्न मद्दत पुर्‍याउने बताए भने निबन्धकार मोमिलाले दर्शनको गहिराइसॅंगै निबन्धकलाको पनि सुन्दर संयोजन रहेको यस्ता कृतिहरू मानसाग्निबाट अझ सुन्दर ढङ्गले पाठकमाझ आइरहनु पर्ने बताए।

उक्त अवसरमा प्रा.डा. कोइरालाले पूर्वीय दर्शन अध्ययन गर्न चाहनेहरूका लागि एउटा उत्कृष्ट पुस्तक बजारमा आएको भन्दै कृतिमाथि आफ्नो धारणा राखे ।

कृतिकार मानसाग्निले कविताबाहेक अरू लेख्दिनॅं भन्दाभन्दै पनि निबन्धकार मोमिलाको प्रेरणाले यो कृति आएको स्वीकार गरे ।मानसाग्निका कवितालगायत विभिन्न विधाका गरी ४० बढी पुस्तक प्रकाशित छन् ।

निबन्धकृति पेज टर्नर प्रा.लि.ले बजारमा ल्याएको हो ।

Related News

जनादेश परिवर्तनको: अब रास्वपाले विश्वास जोगाउने कि इतिहास दोहोरिने ?
जनादेश परिवर्तनको: अब रास्वपाले विश्वास जोगाउने कि इतिहास दोहोरिने ?
  • २०८२ असार ११

कोशीपारी अनलाइन सम्पदकीय फागुन २३, काठमाण्डौं नेपालको पछिल्लो निर्वाचन परिणामले देशको राजनीतिक परिदृश्यलाई नयाँ मोडमा ल्याइदिएको छ। प्रारम्भिक मत परिणाम...

जापानको शिजुओका सहरमा जनवरी २५ मा सोनाम ल्होछार मनाइँदै, तयारी पूरा
जापानको शिजुओका सहरमा जनवरी २५ मा सोनाम ल्होछार मनाइँदै, तयारी पूरा
  • २०८२ असार ११

कोशीपारी अनलाइन संवाददाता माघ ३, काठमाण्डौं शिजुओका (जापान) — जापानको शिजुओका सहरमा मञ्जुश्री संवत २८६२ को अवसरमा सोनाम ल्होछार २०२६...

काफ्लेमा सोनाम ल्होछार–२०८२ भव्य रूपमा मनाइने
काफ्लेमा सोनाम ल्होछार–२०८२ भव्य रूपमा मनाइने
  • २०८२ असार ११

कोशीपारी अनलाइन, काभ्रे माघ १, २०८२ काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउँपालिका वडा नं.३ अन्तर्गत काफ्लेमा  सोनाम ल्होछार–२०८२ को अवसरमा शुभकामना आदान–प्रदान...

TOP