२०८३ बैशाख ८
April 21, 2026, Tuesday

काफ्लेमा सोनाम ल्होछार–२०८२ भव्य रूपमा मनाइने

काफ्लेमा सोनाम ल्होछार–२०८२ भव्य रूपमा मनाइने

कोशीपारी अनलाइन, काभ्रे
माघ १, २०८२

काभ्रेपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउँपालिका वडा नं.३ अन्तर्गत काफ्लेमा  सोनाम ल्होछार–२०८२ को अवसरमा शुभकामना आदान–प्रदान तथा बृहत् पिकनिक सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ।

काफ्ले ह्युल्सा सेवा समाज, चौरीदेउराली गाउँपालिका वडा नं. ३, माडीफेदा, काफ्ले–काभ्रेको आयोजनामा हुन लागेको उक्त कार्यक्रम २०८२ साल माघ २ र ३ गते काफ्ले माझिफेदा,  खेल  मैदानमा सम्पन्न हुने आयोजकले जनाएको छ।

कार्यक्रममा चर्चित कलाकारहरूको विशेष प्रस्तुति रहनेछ। गायक/संगीतकार युग घिसिङ, जगत घिसिङ, टुङना वादक अमृत मोक्तान, मौलिक तम्बा कलाकार अन्तरे घिसिङ तथा गायक/संगीतकार सन्जिव योञ्जन (पोङ्थिला च्याङ्बा) ले सांगीतिक प्रस्तुति दिने कार्यक्रम रहेको छ।

यसैगरी कार्यक्रममा चित्र प्रसाद चोलागाईं (वडा अध्यक्ष) विशेष अतिथिका रूपमा तथा रेणुका चोलागाईं (पालिका प्रमुख) प्रमुख अतिथिका रूपमा सहभागी हुने आयोजकले जानकारी दिएको छ।

तामाङ समुदायको मौलिक संस्कृति, भाषा, पहिचान र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा सोनाम ल्होछारलाई भव्य रूपमा मनाइने आयोजकको भनाइ छ।

आयोजकले सम्पूर्ण तामाङ समुदायसहित सर्वसाधारणलाई कार्यक्रममा उपस्थित भई सोनाम ल्होछार–२०८२ लाई हर्षोल्लासका साथ मनाउन आग्रह गरेको छ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ माघ १

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ माघ १

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ माघ १

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP