कोशीपारी अनलाइन संवाददाता
माघ ३, काठमाण्डौं
शिजुओका (जापान) — जापानको शिजुओका सहरमा मञ्जुश्री संवत २८६२ को अवसरमा सोनाम ल्होछार २०२६ भव्य रूपमा मनाइने भएको छ। भाषा, धर्म र संस्कृतिको संरक्षण अभियानलाई मूल उद्देश्यका साथ नेपाल तामाङ समाज, जापानअन्तर्गत शिजुओका क्षेत्रीय समितिको आयोजनामा कार्यक्रम गर्न लागिएको हो।
आगामी २५ जनवरी २०२६ मा आयोजना हुने उक्त कार्यक्रम शिजुओका सहरको आओई वार्डस्थित हिगासी कुसाबुका–चो, आइसेरु २१ हलमा सञ्चालन हुनेछ। कार्यक्रम दिउँसो ३ बजेदेखि राति १० बजेसम्म हुने जानकारी शिजुओका क्षेत्रीय समितिका अध्यक्ष विजय सागर योञ्जनले दिएका छन्।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथिका रूपमा नेपाल तामाङ समाज, जापान केन्द्रीय समितिका अध्यक्ष कार्साङ तामाङबाट हुने जानकारी प्राप्त भएको छ।
सोनाम ल्होछार कार्यक्रमलाई थप आकर्षक बनाउन नेपालबाट आमन्त्रित चर्चित सेलो गायक, रचनाकार तथा संगीतकार विश्व दोङ र चर्चित सेलो गायिका जितु लोप्चनको वेजोड सांगीतिक प्रस्तुति रहनेछ। साथै कार्यक्रममा स्थानीय कलाकारहरूबाट समेत विभिन्न सांगीतिक प्रस्तुति प्रस्तुत गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा इभेन्ट पार्टनरका रूपमा सेभेन समुराइ इन्टरनेशनल कम्पनी लिमिटेड रहेको छ भने स्पोन्सरमा एभरेष्ट शिजुओका, चई तथा ल्हास्सो रहेका छन्। त्यसैगरी कार्यक्रमको मिडिया पार्टनरका रूपमा कोशीपारी अनलाइन रहेको छ।
कार्यक्रममा सहभागी हुन चाहने दर्शकका लागि प्रवेश शुल्क २,००० जापानी येन तोकिएको छ। जापानमा रहेका नेपाली तथा तामाङ समुदायलाई कार्यक्रममा उपस्थित भई सोनाम ल्होछारलाई सामूहिक रूपमा उत्सवमय ढंगले मनाउन आयोजकले आग्रह गरेको छ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...