रौतहट, १२ असार । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले कला क्षेत्रको विकासका लागि सरकारले चासो नदिएको बताएका छन् । कला क्षेत्र सरकारको उपेक्षामा परेको टिप्पणी उनले गरे ।
रौतहटको मौलापुर स्थित पार्क होटलको सभाहलमा आजपा निकटको आम सांस्कृतिक महासंघ मधेस प्रदेशको भेला एवं बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सरकारले कला, कलाकार सहित सांस्कृतिक क्षेत्रको विकासलागि आवश्यक्ता अनुसार बजेट बिनियोजन नगर्दा यो क्षेत्र उपेक्षामा परेको आजपा अध्यक्ष साहले बताए ।
कलाकारको सुरक्षा, समृद्धि, सम्मानका लागि देशैभरी संगठन निर्माण, बिस्तार गर्दै आफ्ना मागहरु राज्यबाट सम्बोधन गराउन संघर्षमा उत्रिन साहले निर्देशन समेत दिएका छन् । कला क्षेत्रबाट कलाकारले आफ्नो समाज, रितिवाज, धर्म, संस्कृति लगायतका बिषयमा देशबिदेशमा चिनाउँने काम गर्दै आएको उनले बताए । सरकार संवेदनहिन हुँदा कला क्षेत्र उपेक्षा परेको उनले बताए ।
भेलाले संगठन निर्माण, बिस्तार, आफ्नो हकअधिकार, कलाकर्मीलाई पेन्सन, बिमाको व्यवस्था, कलाकर्मीको बर्गिकरण गरेर राज्यबाट योग्यता अनुसारको सुविधा दिलाउने निष्कर्ष सहित संघर्षमा उत्रिने निर्णय गरेको छ । यसैगरी देशैभरीबाट प्रस्तावित फिल्टसिटीहरुको निर्माणका साथै मधेस प्रदेशका प्रत्येक जिल्लाहरुमा नाटक घर निर्माणका लागि भेलाले सरकारसंग माग गरेको छ ।
‘प्रगतिशील साँस्कृतिककर्मीहरु एक होऔँ’ भन्ने नारा सहित सम्पन्न आम सांस्कृतिक महासंघका मधेस प्रदेश भेलाको अध्यक्षता प्रदेश कमिटीका अध्यक्ष दिपलाल यादवले गरेका थिए । सोही भेलाबाट नविन पटेलको अध्यक्षतामा रौतहट जिल्लाको आम सांस्कृतिक महासंघको जिल्ला कमिटी समेत गठन भएको छ ।
भेलामा मौलापुर नगरपालिकाका मेयर रिनाकुमारी साह, सांकृतिक महासंघका इन्चार्ज बिजय यादव, अध्यक्ष सरिता साह, आजपा नेता अमित साहका साथै बारा, पर्सा, रौतह, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरीका कलाकारहरुको विशेष सहभागिता रहेको थियो ।
कोशीपारी अनलाइन फागुन ३०, काठमाण्डौं डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजी (डियरवाक कलेज)ले काठमाडौंस्थित सिफलमा करिब ४० कम्पनीको सहभागितामा ‘डीडब्लु आइटी जब...
कोशीपारी अनलाइन फागुन ३०, काठमाण्डौं प्रतिनिधिसभा निर्वाचनको पछिल्लो नतिजाले परम्परागत ठुला दलहरूलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रभाव उल्लेख्य...
कोशीपारी अनलाइन पागुन २७, काठमाण्डौं चीनले विकास गरेको कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित चस्माले दृष्टिविहीन व्यक्तिहरूको दैनिकी सहज बनाउन नयाँ...