२०८३ बैशाख ४
April 17, 2026, Friday

डियरवाक कलेज सिफलमा ‘आइटी जब फेयर’, विद्यार्थी र कम्पनीबीच संवादको अवसर

डियरवाक कलेज सिफलमा ‘आइटी जब फेयर’, विद्यार्थी र कम्पनीबीच संवादको अवसर

कोशीपारी अनलाइन
फागुन ३०, काठमाण्डौं

डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजी (डियरवाक कलेज)ले काठमाडौंस्थित सिफलमा करिब ४० कम्पनीको सहभागितामा ‘डीडब्लु आइटी जब फेयर २०२६’ आयोजना गरेको छ ।

शनिबार आयोजना गरिएको फेयरमा आइटी क्षेत्रमा अध्ययनरत विद्यार्थी र स्नातकहरूलाई रोजगारी र उद्योगसँग प्रत्यक्ष जोड्ने उद्देश्य राखिएको छ । मेलामा पढ्दै गरेका विद्यार्थीदेखि रोजगारीको खोजीमा रहेका स्नातकसम्म सहभागी भएका छन् ।

डियरवाक ग्रुपका अध्यक्ष एवं क्याम्पस प्रमुख हितेश कार्कीका अनुसार विद्यार्थी र कम्पनीबीच प्रत्यक्ष संवादको अवसर कम भएकाले यस्तो प्लेटफर्म निर्माण गरिएको हो ।

उनले भने, ‘यो कार्यक्रम हाम्रा विद्यार्थीहरूका लागि मात्र होइन, अन्यहरुका लागि पनि हो । धेरै आइटी कम्पनीहरूले दक्ष जनशक्ति खोजिरहेका छन्, तर विद्यार्थी र कम्पनीबीच प्रत्यक्ष संवादको अवसर कम छ । हामीले यस्तो प्लेटफर्म निर्माण गरेका हौं जहाँ कम्पनी र विद्यार्थी दुवै एउटै स्थानमा आएर संवाद गर्न सकुन । यसले विद्यार्थीलाई कम्पनीहरूको माग बुझ्न र कम्पनीलाई योग्य प्रतिभा भेट्न सजिलो बनाउँछ ।’

यस्तै, डियरवाक भिपी अफ एकेडेमीकी सम्झना पोख्रेलले जब फेयरमा दुई हजार जना भन्दा बढीको सहभागिता रहने भन्दै मेलामार्फत विद्यार्थी र कम्पनी दुवैलाई आवश्यक प्लेटफर्म उपलब्ध गराउने बताइन् ।

उनले भनिन्, ‘हाम्रो लक्ष्य दुई हजार सहभागी गराउने हो । विद्यार्थी र कम्पनीबीच प्रत्यक्ष सम्पर्कको माध्यम अभाव भएको महसुस गरेर मेला सुरु गरेका हौं । कम्पनीहरूले योग्य स्नातक भेट्न कठिनाइ भोगिरहेका छन् भने विद्यार्थीहरू उद्योगको आवश्यकताबारे थाहा पाइरहेका छैनन् । मेलामार्फत विद्यार्थी र कम्पनी दुवैलाई आवश्यक प्लेटफर्म उपलब्ध गराउने हाम्रो उद्देश्य हो ।’

एक्मि इन्जिनियरिङ कलेजबाट सहभागी रमेश प्रसाद बस्यौलाले आफ्नो अनुभव सुनाउँदै मेलाले विद्यार्थीहरूले आफ्नो क्षमता, रुचि र योग्यता अनुसार रोजगारी अवसरबारे बुझ्न सक्ने बताए ।

रोजगार मेलाले विद्यार्थी र कम्पनीबीच प्रत्यक्ष अन्तरक्रियाको प्लेटफर्म प्रदान गर्दै आएको छ । पहिलो संस्करण रोजगार मेला २०१७ मा २० भन्दा बढी सफ्टवेयर कम्पनी र १२०० भन्दा बढी सहभागी थिए । यस वर्ष दुई हजार भन्दा बढी विद्यार्थी र स्नातकको सहभागिता रहने र करिब ४० भन्दा बढी कम्पनी सहभागी छन् ।

मेलामा सहभागी कम्पनीहरूले इन्टर्नशिप, पूर्णकालिक र अंशकालिक जागिर प्रस्ताव गर्दै अन–द–स्पट अन्तर्वार्ता, प्लेसमेन्ट परीक्षण र कार्यशालाहरू सञ्चालन गरेका छन् । मेलाले विद्यार्थी र कम्पनी दुवैका लागि प्रत्यक्ष लाभ सुनिश्चित गरेको छ ।

डियरवाक कलेजले यस प्रकारको प्लेटफर्ममार्फत विद्यार्थी र उद्योगबीचको दूरी घटाउने, व्यवसायिक ज्ञान विस्तार गर्ने र रोजगारी अवसर बढाउने लक्ष्य राखेको छ ।

Related News

रवि–बालेन सूर्य वा रुखबाट उठेको भए हार्थे, ओली–गगन घण्टीबाट उठेका भए जित्थे’ : पेम्बा गुरुङ
रवि–बालेन सूर्य वा रुखबाट उठेको भए हार्थे, ओली–गगन घण्टीबाट उठेका भए जित्थे’ : पेम्बा गुरुङ
  • २०८२ फाल्गुन ३०

कोशीपारी अनलाइन फागुन ३०, काठमाण्डौं प्रतिनिधिसभा निर्वाचनको पछिल्लो नतिजाले परम्परागत ठुला दलहरूलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रभाव उल्लेख्य...

चीनले विकास गरेको एआई चस्माले दृष्टिविहीनहरुको दैनिकी सहज बनाउँदै
चीनले विकास गरेको एआई चस्माले दृष्टिविहीनहरुको दैनिकी सहज बनाउँदै
  • २०८२ फाल्गुन ३०

कोशीपारी अनलाइन पागुन २७, काठमाण्डौं चीनले विकास गरेको कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित चस्माले दृष्टिविहीन व्यक्तिहरूको दैनिकी सहज बनाउन नयाँ...

ललितपुर–२ मा जगदिश खरेल विजयी
ललितपुर–२ मा जगदिश खरेल विजयी
  • २०८२ फाल्गुन ३०

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं ललितपुर । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत ललितपुर क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी...

TOP