२०८३ बैशाख ५
April 18, 2026, Saturday

नेपाली मजदुरको संरक्षण गर्न राजदुतहरु असफल : प्रभु साह

नेपाली मजदुरको संरक्षण गर्न राजदुतहरु असफल : प्रभु साह

काठमाडौं, ३० जेठ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं सांसद प्रभु साहले विभिन्न देशमा रहेका राजदूतहरुले काम गर्न नसकेको भन्दै प्रश्न उठाएका छन् ।

आज (शुक्रबार) प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले सरकारले. नियुक्त गर्ने राजदूतको कार्य दक्षतामा प्रश्न उठाएका छन् । विभिन्न देशमा रहेका राजदूतले आफ्ना देशको मजदुरहरुको संरक्षण गर्न नसकेको भन्दै उनले आपत्ति जनाए ।
‘राजदूतहरु अयोग्य हुन कि योजनाविहीन बनाइएको हो ?’ आजपा अध्यक्ष साहले वैठकमा सहभागि परराष्ट्रमन्त्री डा.आरजु राणालाई प्रश्न गरेका हुन् ।

‘हाम्रा राजदूतहरु विभिन्न देशमा छन् । उनीहरु सुतेर बसेको जस्तो देखिन्छ । तिनीहरु अयोग्य हुन कि योजना छैन ? योजना छैन भने परराष्ट्र मन्त्रालयले के हेरेर बसेको छ ? योजना दिइएको छ भने राजदूतहरु किन काम गर्दैनन् ? कामको लागि दुतावास खोलिएको हो भने के काम केही पनि देखिँदैन । नेपाली कामदारको रक्षा र संरक्षण गर्न नसक्ने, ती राजदूतहरुलाई के भन्ने ? हामीले अयोग्य राजदूत छानेका छौं कि योजनाविहीन बनाएका छौं ?’ आजपा अध्यक्ष साहले प्रश्न गरेका छन् ।

साथै, अहिले नेपाली नागरिकता त्यागेर विदेशी नागरिकता लिनेको संख्या बढ्दै गएको पनि उनले बताए । तर, परराष्ट्र मन्त्रालयले कति नेपालीले नागरिकता त्यागेर विदेशी नागरिकता लिए भन्ने कुराको तथ्याङ्क नै नराखेको उनको दाबी छ । ‘जो नेपाली नागरिकता छाडेर विदेशी नागरिकता लिइराखेका छन्, त्यसको डाटा कहाँ पाउने ? कति मानिसहरुले विदेशी नागरिकता दिए ? यसको रेकर्ड परराष्ट्र मन्त्रालयसँग हुनुपर्ने हो । नेपाली नागरिकता छोडिरहेको छ, विदेशी नागरिकता दिइरहेको छ । कसले लियो, कसले छाड्यो, त्यो पनि रेकर्ड हामीसँग छैन,’ उनले भने ।

कति नेपालीले विदेशी नागरिकता लिए भन्ने तथ्याङ्क उनले सरकासंग माग गरेका छन् । ‘कति नेपालीले विदेशको नागरिकता लिए ? यसको रेकर्ड परराष्ट्र मन्त्रालयमा हुनुपर्छ’ साहले सोधे, ‘नेपालको नागरिकता कसले छोडिरहेको छ र कसले लिइरहेको छ यसको रेकर्ड के छ ? यो जान्न चाहन्छु ।’

Related News

डियरवाक कलेज सिफलमा ‘आइटी जब फेयर’, विद्यार्थी र कम्पनीबीच संवादको अवसर
डियरवाक कलेज सिफलमा ‘आइटी जब फेयर’, विद्यार्थी र कम्पनीबीच संवादको अवसर
  • २०८२ जेष्ठ ३०

कोशीपारी अनलाइन फागुन ३०, काठमाण्डौं डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजी (डियरवाक कलेज)ले काठमाडौंस्थित सिफलमा करिब ४० कम्पनीको सहभागितामा ‘डीडब्लु आइटी जब...

रवि–बालेन सूर्य वा रुखबाट उठेको भए हार्थे, ओली–गगन घण्टीबाट उठेका भए जित्थे’ : पेम्बा गुरुङ
रवि–बालेन सूर्य वा रुखबाट उठेको भए हार्थे, ओली–गगन घण्टीबाट उठेका भए जित्थे’ : पेम्बा गुरुङ
  • २०८२ जेष्ठ ३०

कोशीपारी अनलाइन फागुन ३०, काठमाण्डौं प्रतिनिधिसभा निर्वाचनको पछिल्लो नतिजाले परम्परागत ठुला दलहरूलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रभाव उल्लेख्य...

चीनले विकास गरेको एआई चस्माले दृष्टिविहीनहरुको दैनिकी सहज बनाउँदै
चीनले विकास गरेको एआई चस्माले दृष्टिविहीनहरुको दैनिकी सहज बनाउँदै
  • २०८२ जेष्ठ ३०

कोशीपारी अनलाइन पागुन २७, काठमाण्डौं चीनले विकास गरेको कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित चस्माले दृष्टिविहीन व्यक्तिहरूको दैनिकी सहज बनाउन नयाँ...

TOP