कोशीपारी अनलाइन संवाददाता / काठमाण्डौं
भाद्र १८, २०७८
मनसुनी वायुको प्रभावले नेपालमा केही दिन अझै पानी पर्ने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले मनसुनी न्यून चापीय रेखा नेपालको तराई भु-भागभन्दा केही तल रहेको छ।
त्यसको प्रभाव देशैभरि परेको छ। शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश नम्बर १, गण्डकी ,कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
वर्षाका कारण पहिरो खस्दा शुक्रबार बिहानदेखि मुग्लिन-नारायणघाट सडक अवरूद्ध छ भने पूर्व-पश्चिम राजमार्गको दाउन्नेमा पनि पहिरो खसेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पानी पर्ने क्रम केही दिन जारी रहनेछ।
यस्तो छ तीन दिनको मौसम पूर्वानुमान:
२०७८ भदौ १८ गते (शुक्रबार)
दिउँसो: देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, २, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
राती: देशभर सामान्य बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
२०७८ भदौ १९ गते ( शनिबार)
दिउँसो: देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
राती: देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश २ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ।
२०७८ भदौ २० गते (आइतबार)
दिउँसो: देशभर सामान्य बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ का एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।
राती: देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।
कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं तनाव कम गर्न नाच्दै, गाउँदै र ध्यानमग्न हुँदै सहभागी तनाव विसर्जन कार्यशालाका सहभागी भन्छन्...
कोशीपारी अनलाइन संवाददाता असोज १३, काठमाण्डौं दशैँको समयमा राजमार्गहरु अवरोध हुँदा आन्तरिक हवाई यात्रा गर्ने यात्रुहरूको संख्या ह्वात्तै बढेको छ...
फूलपाती भित्र्याउने परम्परा भौगोलिक विविधता अनुसार केही भिन्नता देखिएपनि मूल भाव एउटै हो । देवी दुर्गाको आह्वान र पूजन पूर्वदेखि...