कोशीपारी अनलाइन संवाददाता / काठमाण्डौं
भाद्र १३, २०७८
गायक हिमाल सागरको स्वर, संगीतमा समावेश ‘भुलिदेउ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतलाई रोहन पौडेल जनकले लेखेका हुन्। गीतमा महेश्वर मान राजभण्डारीको संगीत संयोजन रहेको छ। ब्लड क्यान्सरले पिडित प्रेमिका र शंकालु प्रेमी बीचको कथा समेटर म्युजिक भिडियो तयार पारिएको हो।
अमेरिकामा नै छायांकन भएको म्युजिक भिडियोमा पुर्ण लम्साल, गायक हिमाल सागर र लक्ष्मी ओली फिचर्ड छन्। लक्ष्मीले यसै भिडियो मार्फत अभिनयमा डेब्यु गरेकी हुन्। शैलेश घलेले छायांकन गरेको यस भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन्। बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो।
१ महिना अघि ‘तिमी छौ र’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका पुर्ण र हिमाल सागर को सयुक्त च्यानल ‘पी एण्ड एच प्रोडक्शन’ मार्फत भिडियो सार्वजनिक गरिएको हो। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।
कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं तनाव कम गर्न नाच्दै, गाउँदै र ध्यानमग्न हुँदै सहभागी तनाव विसर्जन कार्यशालाका सहभागी भन्छन्...
कोशीपारी अनलाइन संवाददाता असोज १३, काठमाण्डौं दशैँको समयमा राजमार्गहरु अवरोध हुँदा आन्तरिक हवाई यात्रा गर्ने यात्रुहरूको संख्या ह्वात्तै बढेको छ...
फूलपाती भित्र्याउने परम्परा भौगोलिक विविधता अनुसार केही भिन्नता देखिएपनि मूल भाव एउटै हो । देवी दुर्गाको आह्वान र पूजन पूर्वदेखि...