२०८३ बैशाख ४
April 17, 2026, Friday

हिमाल सागरकोे ‘भूलिदेउ ‘ म्युजिक भिडियो सार्वजनिक

हिमाल सागरकोे ‘भूलिदेउ ‘ म्युजिक भिडियो सार्वजनिक

कोशीपारी अनलाइन संवाददाता / काठमाण्डौं
भाद्र १३, २०७८

गायक हिमाल सागरको स्वर, संगीतमा समावेश ‘भुलिदेउ’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतलाई रोहन पौडेल जनकले लेखेका हुन्। गीतमा महेश्वर मान राजभण्डारीको संगीत संयोजन रहेको छ। ब्लड क्यान्सरले पिडित प्रेमिका र शंकालु प्रेमी बीचको कथा समेटर म्युजिक भिडियो तयार पारिएको हो।

अमेरिकामा नै छायांकन भएको म्युजिक भिडियोमा पुर्ण लम्साल, गायक हिमाल सागर र लक्ष्मी ओली फिचर्ड छन्। लक्ष्मीले यसै भिडियो मार्फत अभिनयमा डेब्यु गरेकी हुन्। शैलेश घलेले छायांकन गरेको यस भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन्। बिक्की पुलामीको निर्देशनमा भिडियो तयार पारिएको हो।

१ महिना अघि ‘तिमी छौ र’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका पुर्ण र हिमाल सागर को सयुक्त च्यानल ‘पी एण्ड एच प्रोडक्शन’ मार्फत भिडियो सार्वजनिक गरिएको हो। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेका छन्।

Related News

डियरवाक कलेज सिफलमा ‘आइटी जब फेयर’, विद्यार्थी र कम्पनीबीच संवादको अवसर
डियरवाक कलेज सिफलमा ‘आइटी जब फेयर’, विद्यार्थी र कम्पनीबीच संवादको अवसर
  • २०७८ भाद्र १३

कोशीपारी अनलाइन फागुन ३०, काठमाण्डौं डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजी (डियरवाक कलेज)ले काठमाडौंस्थित सिफलमा करिब ४० कम्पनीको सहभागितामा ‘डीडब्लु आइटी जब...

रवि–बालेन सूर्य वा रुखबाट उठेको भए हार्थे, ओली–गगन घण्टीबाट उठेका भए जित्थे’ : पेम्बा गुरुङ
रवि–बालेन सूर्य वा रुखबाट उठेको भए हार्थे, ओली–गगन घण्टीबाट उठेका भए जित्थे’ : पेम्बा गुरुङ
  • २०७८ भाद्र १३

कोशीपारी अनलाइन फागुन ३०, काठमाण्डौं प्रतिनिधिसभा निर्वाचनको पछिल्लो नतिजाले परम्परागत ठुला दलहरूलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रभाव उल्लेख्य...

चीनले विकास गरेको एआई चस्माले दृष्टिविहीनहरुको दैनिकी सहज बनाउँदै
चीनले विकास गरेको एआई चस्माले दृष्टिविहीनहरुको दैनिकी सहज बनाउँदै
  • २०७८ भाद्र १३

कोशीपारी अनलाइन पागुन २७, काठमाण्डौं चीनले विकास गरेको कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित चस्माले दृष्टिविहीन व्यक्तिहरूको दैनिकी सहज बनाउन नयाँ...

TOP