२०८३ बैशाख ३
April 16, 2026, Thursday

जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य उपचुनावका तीन जनाको उम्मेदवारी

जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य उपचुनावका तीन जनाको उम्मेदवारी

२४ बैशाख २०७८ कोशीपारी अनलाइन /काठमाडौं राष्ट्रिय सभाको जेठ ६ गते हुने उपचुनावका लागि नेकपा एमालेकै दुई जना उम्मेदवार मैदानमा उत्रिएका छन् ।

नेकपा एमालेको संस्थापन पक्षका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र नेकपा एमालेकै नेपाल–खनाल समूहका तर्फबाट डाक्टर खिमलाल देवकोटाले उम्मेदवारी दर्ता गराउनुभएको छ । देवकोटालाई कांग्रेस, माओवादी केन्द्र र जसपाको उपेन्द्र यादव पक्षको समर्थन छ । हिजोसम्म हार्ने चुनाव उठ्दिँन भन्दै आएका गृहमन्त्री थापा आज बिहान बसेको नेकपा एमाले संस्थापन पक्षको स्थायी कमिटी बैठकपछि उम्मेद्वार बन्न तयार हुनुभएको हो ।

बादलले एमाले निर्वाचन विभागका प्रमुख अग्नि खरेल, प्रधानमन्त्रीका कानून विज्ञ बाबुराम दाहालसहितको टोलीलाई लिएर सिम्रिक एयरको हेलिकप्टरमार्फत हेटौंडा गएर उम्मेद्वारी दर्ता गराउनु भएको छ ।

थापाको प्रस्तावकमा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र समर्थकमा सामाजिक विकास मन्त्री सरस्वती बस्नेत हुनुहुन्छ ।

गृहमन्त्री थापालाई नेकपा माओवादी केन्द्रले कारवाही गरेसँगै रिक्त राष्ट्रिय सभा सदस्य पदमा उपनिर्वाचन हुन लागेको हो । यो उपचुनावमा गृहमन्त्री थापाको प्रतिस्पर्धीमा एमालेको नेपाल–खनाल समूहका डाक्टर खिमलाल देवकोटा हुनुहुन्छ ।

हिजो नै बागमती प्रदेशको राजधानी हेटौंडा पुगेका देवकोटाले आज सबैभन्दा पहिले उम्मेदवारी दर्ता गर्नुभयो । देवकोटालाई एमालेको नेपाल समूहसहित, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालको उपेन्द्र यादव पक्षको समर्थन छ ।

देवकोटाको मनोनयनका लागि नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ, माओवादी नेता शालिकराम जम्कट्टेल, जसपाका प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी लगायतका नेताहरु निर्वाचन कार्यालय पुगेका थिए ।

देवकोटाको समर्थकमा शालिकराम जमकट्टेल र समर्थकमा राधा घले हुनुहुन्छ । यस्तै नेपाल मजदुर किसान पार्टीका कृष्णबहादुर तामाङले उम्मेदवारी दर्ता गर्नुभएको छ ।

उहाँको प्रस्तावकमा सुरेन्द्रराज गोसाइँ र समर्थकमा सिर्जना सायजु हुनुहुन्छ । यो उपचुनावमा बागमती प्रदेश सभाका सदस्य र बागमति प्रदेश भित्रका स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्ने छन् ।

Related News

डियरवाक कलेज सिफलमा ‘आइटी जब फेयर’, विद्यार्थी र कम्पनीबीच संवादको अवसर
डियरवाक कलेज सिफलमा ‘आइटी जब फेयर’, विद्यार्थी र कम्पनीबीच संवादको अवसर
  • २०७८ बैशाख २४

कोशीपारी अनलाइन फागुन ३०, काठमाण्डौं डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजी (डियरवाक कलेज)ले काठमाडौंस्थित सिफलमा करिब ४० कम्पनीको सहभागितामा ‘डीडब्लु आइटी जब...

रवि–बालेन सूर्य वा रुखबाट उठेको भए हार्थे, ओली–गगन घण्टीबाट उठेका भए जित्थे’ : पेम्बा गुरुङ
रवि–बालेन सूर्य वा रुखबाट उठेको भए हार्थे, ओली–गगन घण्टीबाट उठेका भए जित्थे’ : पेम्बा गुरुङ
  • २०७८ बैशाख २४

कोशीपारी अनलाइन फागुन ३०, काठमाण्डौं प्रतिनिधिसभा निर्वाचनको पछिल्लो नतिजाले परम्परागत ठुला दलहरूलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रभाव उल्लेख्य...

चीनले विकास गरेको एआई चस्माले दृष्टिविहीनहरुको दैनिकी सहज बनाउँदै
चीनले विकास गरेको एआई चस्माले दृष्टिविहीनहरुको दैनिकी सहज बनाउँदै
  • २०७८ बैशाख २४

कोशीपारी अनलाइन पागुन २७, काठमाण्डौं चीनले विकास गरेको कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित चस्माले दृष्टिविहीन व्यक्तिहरूको दैनिकी सहज बनाउन नयाँ...

TOP