काठमाडौं । जल तथा मौसम विज्ञान विभागले अझै केही दिन वायुमण्डल स्थिर अवस्थामा रहिरहने जनाएको छ । सोमवार एक विज्ञप्ति जारी गर्दै विभागले सो कुराको जानकारी दिएको हो । विज्ञप्तिमा भनिएको छः ‘मौसम विश्लेषणका आधारमा आगामी ३ दिनसम्म नै वायुमण्डल स्थिर अवस्थामा रहिरहने भएकोले तुवाँलोको यस विषम मौसमको अवस्थामा तत्काल सुधार हुने देखिएको छैन, त्यसपछिका दिनमा मौसम थोरै चलायमान हुने देखिएपनि तुवाँलोको अवस्था के हुने हो, सो डढेलोको अवस्थामा निर्भर रहन्छ ।’विभागले तुवाँलोका कारण स्वास्थ्यमा नकारात्मक असरहरू पर्ने भएकोले आवश्यक कार्यबाहेक घर बाहिर ननिस्किन र निस्किनु परेमा मास्क लगाउन सबैमा आग्रह गरेको छ । देशका अधिकांश जिल्लाहरुका धेरै ठाउँहरुमा लागिरहेको डढेलोबाट सिर्जित धुवाँका कणहरु वायुमण्डलमा संचित हुन गई पछिल्लो समयमा असामान्य तुवाँलो देखिएको समेत विभागले जनाएको छ ।खासगरी राजधानी काठमाडौं लगायतका शहरी क्षेत्रहरुमा पहिले देखिनै प्रदूषणको स्तर सामान्यभन्दा अधिक भएको र तुवाँलोको मात्रा पनि अत्याधिक भएकोले जनजीवन असामान्य भएको विभागले जनाएको छ ।
कोशीपारी अनलाइन फागुन ३०, काठमाण्डौं डियरवाक इन्स्टिच्युट अफ टेक्नोलोजी (डियरवाक कलेज)ले काठमाडौंस्थित सिफलमा करिब ४० कम्पनीको सहभागितामा ‘डीडब्लु आइटी जब...
कोशीपारी अनलाइन फागुन ३०, काठमाण्डौं प्रतिनिधिसभा निर्वाचनको पछिल्लो नतिजाले परम्परागत ठुला दलहरूलाई पछि पार्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रभाव उल्लेख्य...
कोशीपारी अनलाइन पागुन २७, काठमाण्डौं चीनले विकास गरेको कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित चस्माले दृष्टिविहीन व्यक्तिहरूको दैनिकी सहज बनाउन नयाँ...