२० जेष्ठ २०७८, क्रान्ति दोङ कोशीपारी अनलाइन सम्बाददाता/काभ्रे – “रोगले भन्दा भोकले नमरुन” भन्ने अभियान सहित नेपाली कांग्रेसका युबा नेता दावा लामाले भुम्लुगाउँपालिकाका वडा न.४ चौबासको १५० परिवारलाई कोभिड १९ महामारीले निम्त्याएको संकटको बेलामा खाद्यान्न तथा स्वास्थ्य सामाग्री वितरण गरेका छन् ।
नेपाल तरुण दल काभ्रेका सभापती समेत रहेका लामाले चौबास १५० परिवारलाई राहात स्वरुप खाद्यान्न वितरण गर्नुका साथै
कोरोना भाईरस नियन्त्रणमा केही सहज होस् भन्ने भावनाले माक्स, सेनिटाइजर लगायत आवश्यक औषधी पनि वितरण गरेका छन
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको दोस्रो भेरियन्ट नेपालमा पनि फैलिएकाले मुलुकमा बैशाख १६ गतेबाट काठमाडौं उपत्यका सहित देशका विभिन्न सरहरमा निषेधाज्ञा भएपछि सहरमा आएर केही कमाएर गाउँमा गुजारा चलाउनेहरुलाई अहिले एकदम संकट परेको छ ।
निषेधाज्ञाले गर्दा घरमा चामल सकिएर बिहान बेलुकाको छाक टार्न समस्या भइरहेका बेला समाजसेवी लामाले खाद्यान्न बितरण गर्दा गाउँलेहरुमा खुसी छाएको उनको भनाइ छ ।
मुलुकमा अप्ठेरो परेको अवस्था तथा संकटका बेला जहिले पनि उनले राहत बितरण गर्दै आइरहेको र भविष्यमा पनि गरिरहने कुरा समेत प्रतिबद्धता गरेका छन् । 
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १४, काठमाण्डौं पश्चिम एसियामा बढ्दो तनावका बीच संयुक्त राष्ट्र संघले हर्मूज जलसन्धिबाट हुने समुद्री आवागमनमा अवरोध आउँदा...
कोशीपारी अनलाइन चैत्र १३, काठमाण्डौं अमेरिका । संसारभरि रहेका प्रजातन्त्रवादीहरुको संस्था, जय नेपाल इन्टरनेशनल फाउन्डेशन, ले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता...