२०८३ बैशाख ४
April 17, 2026, Friday

नयाँ सरकारले संसारभरका नेपालीको ज्ञान, सीप र अन्तर्राष्ट्रिय सञ्जाललाई सदुपयोग गरोस :फाउन्डेसन

नयाँ सरकारले संसारभरका नेपालीको ज्ञान, सीप र अन्तर्राष्ट्रिय सञ्जाललाई सदुपयोग गरोस :फाउन्डेसन

कोशीपारी अनलाइन
चैत्र १३, काठमाण्डौं

अमेरिका । संसारभरि रहेका प्रजातन्त्रवादीहरुको संस्था, जय नेपाल इन्टरनेशनल फाउन्डेशन, ले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह (बालेन) को नेतृत्वमा नेपालमा नवगठित सरकारलाई संसारभरि रहेका नेपालीहरुसंग रहेको ज्ञान, सीप र अन्तर्राष्ट्रिय सञ्जाललाई नेपालको विकास र रुपान्तरणका लागि उपयोग गर्न आग्रह गरेको छ ।
‘विश्वभर फैलिएका नेपालीहरू केवल दर्शक होइनन्, उनीहरू राष्ट्रनिर्माणका सक्रिय साझेदार हुन् । लगानी, ज्ञान, सीप र अन्तर्राष्ट्रिय सञ्जालमार्फत उनीहरूले नेपालको विकासमा निरन्तर योगदान दिँदै आएका छन्। अबको नेतृत्वले यस विशाल ऊर्जा र सम्भावनालाई सही दिशामा परिचालन गर्दै ‘एक पटकको नेपाली, सधैंको नेपाली’ भन्ने भावनालाई व्यवहारमा उतार्ने ऐतिहासिक अवसर पाएको छ,’ फाउन्डेशनका अध्यक्ष डा.यादव पण्डितद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ। ‘हामी विश्वास गर्दछौँ, सुदृढ नेतृत्व, राष्ट्रिय एकता र साझा संकल्पका साथ नेपालले स्थायित्व, समृद्धि र विश्वमञ्चमा सम्मानित स्थान हासिल गर्नेछ ।’
नवनिर्वाचित प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) तथा राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाई ज्ञापन गर्दै फाउन्डेशनले जनताले दिएको यो विश्वास केवल सरकार परिवर्तनको संकेत मात्र नभएर सुशासन, पारदर्शिता र उत्तरदायित्वप्रतिको स्पष्ट माग भएको जनाएको छ ।
‘आजको बदलिँदो विश्व परिवेशमा, भारत र चीनजस्ता शक्तिशाली राष्ट्रहरूबीच अवस्थित नेपालले सन्तुलित, स्वतन्त्र र असंलग्न परराष्ट्र नीतिमार्फत आफ्नो सार्वभौमिकता, गरिमा र राष्ट्रिय हितको दृढ रक्षा गर्नुपर्ने आवश्यकता अझ सशक्त रूपमा देखिएको छ । नेपालको तटस्थता र विश्वसनीयता केवल नीति होइन, हाम्रो राष्ट्रिय पहिचान हो, जसलाई अझ मजबुत बनाउँदै अघि बढ्न आवश्यक छ,’ विज्ञप्तिमा भनिएको छ ।
विशेषगरी नयाँ पुस्ता (जेन जी) ले दिएको सशक्त सन्देशलाई बेवास्ता गर्न सकिँदैन। उनीहरूको माग स्पष्ट छः पारदर्शी शासन, भ्रष्टाचारमाथि शून्य सहनशीलता, र सम्मानजनक रोजगारीका अवसर। नयाँ सरकारले यी अपेक्षाहरूलाई आफ्नो प्राथमिकताको केन्द्रमा राख्दै परिणाममुखी कदम चाल्नेछ भन्ने हाम्रो विश्वास छ, फाउन्डेशनले भनेको छ।
‘विश्वभर फैलिएका नेपालीहरू केवल दर्शक होइनन्, उनीहरू राष्ट्रनिर्माणका सक्रिय साझेदार हुन्। अबको नेतृत्वले यस विशाल ऊर्जा र सम्भावनालाई सही दिशामा परिचालन गर्दै ‘एक पटकको नेपाली, सधैंको नेपालीु भन्ने भावनालाई व्यवहारमा उतार्ने ऐतिहासिक अवसर पाएको छ। हामी विश्वास गर्दछौँ, सुदृढ नेतृत्व, राष्ट्रिय एकता र साझा संकल्पका साथ नेपालले स्थायित्व, समृद्धि र विश्वमञ्चमा सम्मानित स्थान हासिल गर्नेछ,’ विज्ञप्तिमा भनिएको छ।
मानवअधिकार, वाक स्वतन्त्रता तथा प्रजातान्त्रिक मूल्य मान्यतामा विश्वास राख्नेहरू नेपालीहरुको नेटवर्कमार्फत आफू रहेको समुदाय र नेपालको विकासमा समेत सहभागिता बढाउने उद्देश्यले फाउन्डेशनको स्थापना गरिएको हो । फाउण्डेशनले विश्व भरिका युवाहरूको सञ्जाल ‘ग्लोबल युथ नेटवर्क ’, महिलाहरूको ‘ग्लोबल विमन नेटवर्क,’ सञ्चारकर्मीहरूको ‘ग्लोबल मिडिया नेटवर्क,’ विज्ञहरूको ‘ग्लोबल नलेज नेटवर्क ’ र खेलाडीहरूको ‘ग्लोबल स्पोर्ट नेटवर्क ’ मार्फत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । अमेरिका र अन्य देशमा गरेर फाउण्डेशनका ३८ च्याप्टर घोषणा भैसकेका छन्।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ चैत्र १३

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ चैत्र १३

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ चैत्र १३

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP