२०८२ कार्तिक २३
November 9, 2025, Sunday

नेपाल आइडलको सिजन ६ को उपाधि गंगा सोनामलाई

नेपाल आइडलको सिजन ६ को उपाधि गंगा सोनामलाई

काठमाडौं।गायन रियालिटी शो ‘नेपाल आइडलु सिजन ६’ को उपाधि गंगा सोनामले जितेकी छन्।सिन्धुपाल्चोककी सोनाम आइतबार राति भएको ग्राण्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीहरूलाई पछि पार्दै उपाधि हात पारेकी हुन् ।
विजेता बनेसँगै गंगाले पुरस्कारस्वरूप उपाधि ट्रफी, नगद २५ लाख रूपैयाँसहित विभिन्न उपहार समेत जितेकी छन्।

फिनालेमा उपाधिका लागि गंगासँगै अभिनय खाति (दार्जिलिङ), बबिता थापा मगर (सिक्किम), दर्शना गान्धारी (चितवन), मृनल मानन्धर ९काठमाडौं प्रतिस्पर्धामा थिए। यस सिजनमा बबिता थापा मगर फर्स्ट रनर अप र दर्शना गान्धारी सेकेन्ड रनरअप घोषित भए। उनीहरूले क्रमशः नगद १० लाख र ५ लाख रूपैयाँसहित विभिन्न उपहार प्राप्त गरे। दर्शकको भोटका आधारमा विजेता घोषणा गरिएको हो।

यस सिजनमा अभिनय खाति चौथो बने भने मृनल मानन्धरले पाँचौ स्थानको पुरस्कार पाइन्। उनीहरू दुवैले १ लाख रूपैयाँ पुरस्कार जिते।

नेपाल आइडलको यो सिजनमा निर्णायक मण्डलमा न्ह्यू बज्राचार्य, कालीप्रसाद बाँस्कोटा र इन्दिरा जोशी थिए भने आसिफ शाहले उद्घोषण गरेका थिए। सुरेश पौडेल र एलेन श्रेष्ठले शोको निर्देशन गरेका हुन्।

ललितपुरको ग्वार्कोस्थित रोयल टुलिप होटलमा भएको फिनालेलाई एपीवान टेलिभिजनसँगै नेपाल आइडलको युटयुबमा लाइभ प्रसारण गरिएको थियो।

Related News

नयाँ लोकदोहोरी गीत ‘ए मेरो परान’ सार्वजानिक
नयाँ लोकदोहोरी गीत ‘ए मेरो परान’ सार्वजानिक
  • २०८२ भाद्र १६

कोशीपारी अनलाइन कात्तिक ९, काठमाण्डौं किरण गौत्तम र मनिषा घोरासैनिको आवाज रहेको नयाँ लोकदोहोरी गीत ‘ए मेरो परान’ सार्वजनिक भएको...

बिराज भट्टको ‘१२ गाउँ’ ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज
बिराज भट्टको ‘१२ गाउँ’ ओटीटी प्लेटफर्म ‘सिनेमाघर’मा रिलिज
  • २०८२ भाद्र १६

कोशीपारी अनलाइन कात्तिक ४, काठमाण्डौं गत वर्षको बडादशैँमा रिलिज भई बक्स अफिसमा २२ करोड रुपैयाँभन्दा माथिको व्यापार गर्न सफल नेपाली...

इनास ग्लोबलको छैठौं महाधिवेशन : अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
इनास ग्लोबलको छैठौं महाधिवेशन : अर्जुन काफ्ले अध्यक्षमा निर्वाचित
  • २०८२ भाद्र १६

कोशीपारी अनलाइन संवाददाता असोज ३०, काठमाण्डौंं अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) ग्लोबल समितिको छैठौं महाधिवेशन विहीबार काठमाडौंमा सम्पन्न भएको छ...

TOP