२०८३ बैशाख ८
April 21, 2026, Tuesday

राटनगरमा प्रादेशिक ललितकला प्रदर्शनी सुरु

राटनगरमा प्रादेशिक ललितकला प्रदर्शनी सुरु

कोशीपारी अनलाइन
माघ २८, काठमााण्डौं

विराटनगरमा प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ । ललितकला प्रज्ञा प्रतिष्ठान र विराटगर ललितकला प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा उक्त प्रदर्शनी विराटनगर स्थित माडवाडी सेवा सदनमा फागुन ४ गतेसम्म सञ्चालन हुने छ ।

ललितकला अन्तर्गत लोककला, चित्रकला, परम्परागत कला, कार्टुन कला, मूर्तिकला, हस्तकला तथा अन्य सृजनात्मक कलाका कृतिहरू प्रदर्शनीमा समावेश गरिने छ ।

कला र संस्कृतिको माध्यमबाट प्रदेशलाई सशक्त र पहिचानयुक्त बनाउन प्रादेशिक ललितकला आयोजना गर्न लागिएको हो ।

प्रदर्शनीमा १६४ जना सर्जकहरूको दुई सय वटा कलाकृतिहरू समावेश गरिने छ । जस अन्तर्गत आधुनिक चित्रकलातर्फ एक सय जना, परम्परागत कलामा ५ जना, मूर्तिकलामा १७ जना, लोककलामा १० जना, हस्तकलामा १० जना तथा अन्य सृजनात्मक कलातर्फ १७ जना सहभागी हुने छन् ।

प्रदर्शनीका लागि हाल १४ वटा जिल्लाबाट विभिन्न विधाका कला कृतिहरू संकलन गरिएको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ माघ २८

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ माघ २८

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ माघ २८

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP