२९ चैत, काठमाडौं । काठमाडौंको नयाँ बसपार्क नजिक मित्रनगरको एक होटलमा एकजना युवकको शव फेला परेको छ ।
शनिबार राति १० बजे होटेलमा स्याङ्जाका नारायणबहादुर घर्ती क्षेत्रीको शव फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले जानकारी दिए । मृतकको नागरिकताको आधारमा उनको परिचय खुलेको प्रहरीले जनाएको छ ।
मृतकको घुडामा चोट लागेको जस्तो देखिएको र अन्य ठाउँमा त्यस्तो केही नदेखिएको प्रहरीको भनाइ छ । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । घटनाको अनुसन्धानका लागि प्रहरीले दुईजना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घर्तीसँगै होटेलमा बसेका राजकुमार गाहा र झक्कुराम बस्नेत रहेका छन् ।
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं काठमाडौंका पूर्वप्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाल पक्राउ परेका छन् । अपराध अनुसन्धान कार्यालयको टोलीले...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं शोभा पाठकले नेकपा एमाले सचिब महेश बस्नेत कानूनको दायराबाट कदापी उम्कन नसक्ने दाबी गरेकी छन्...
कोशीपारी अनलाइन संवाददाता चैत्र १६, काठमाण्डौं सर्लाही । जेन–जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको...