२०८३ बैशाख ४
April 17, 2026, Friday

जेन–जी आन्दोलनका क्रममा फरार कैदी सर्लाहीबाट पक्राउ

जेन–जी आन्दोलनका क्रममा फरार कैदी सर्लाहीबाट पक्राउ

कोशीपारी अनलाइन संवाददाता
चैत्र १६, काठमाण्डौं

सर्लाही । जेन–जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले सर्लाहीबाट पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार जवरजस्ती करणी मुद्दामा १२ वर्ष कैद सजाय तोकिएका र जिल्ला कारागार कार्यालय रौतहटमा कैद भुक्तान गरिरहेका रौतहटको दुर्गाभगवती गाउँपालिका – ५ वडहर्वा टोल निवासी २९ वर्षीय दिपेश साह सोनार (शेरु साह) लाई सोमबार दिउँसो करिब १ बजे पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार उनी २०८२ भदौ २४ गते जेन – जी आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए। फरार रहेकै अवस्थामा उनलाई सर्लाहीको ईश्वरपुर नगरपालिका – ६ बयलबास क्षेत्रबाट लुकीछिपी बसेको अवस्थामा फेला पारिएको हो । सोमबार दिउँसो उनलाई प्रहरीको टोलीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ परेका साहलाई आवश्यक कारबाहीका लागि जिल्ला कारागार कार्यालय रौतहट पठाउने प्रक्रिया अघि बढाइएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ चैत्र १६

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ चैत्र १६

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ चैत्र १६

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP