२०८२ फाल्गुन ४
February 16, 2026, Monday

‘नजिकदेखि नियालीरहेछु’

‘नजिकदेखि नियालीरहेछु’

कसैलाई कसैको सरोकार छैन,
मलाई पनि चासो छैन,
तर

अरुभन्दा भिन्न पक्का छु
म आफु आफैलाई नै गर्व गर्छु
की मैले दुनिँयालाई नजिकदेखि नियालीरहेछु ।

म सामान्य परिवारको मान्छे
तर
जीवन जगत अलि बुझेकी छु
आमा आफ्नै तालमा बाबु आफ्नै तालमा ​सारा दुनिँया आफ्नै तालमा
हिँडीरहेको दृश्य नजिकदेखि नियालीरहेछु ।

घरि खुशी लाग्छ त
कहिले भित्रैदेखि ताज्जुव पनि
खुशी त्यसमा की नयाँपन छाईरहेछ
असहज त्यसमा की अस्वाभाविक नौलोपन
मानवले यो के गर्दैछ
व्यावाहारिक जीवनमा
राम्रो नराम्रो अनि नराम्रो राम्रोको दर्जामा चढ्दैछ
​उ भन्दा म अघि
​                     अनि,
हामी भन्दा मवादको होडबाजी बढ्दैछ
तिनै नमुना उत्कृष्टताहरुलाई नजिकदेखि नियालीरहेछु ।

कुरा गरौँ आजको पुण्यरुपी दुनिँयाको
सूर्य उदाउने अस्ताउने उहि दिशा अनि समय
प्रकृती चलिरहेछ स्वाभाविक तवरले
​                तर,
तर मानव जमात बिचमा
हुने नहुने अचाक्ली परिवर्तन देखिरहेछु
​यि सारा
नयाँपनलाई विश्लेषकको आखाँले नजिकदेखि नियालीरहेछु ।

मानव बिचबाटै मानवता भन्ने चिज लोप हुदैँछ,
कसलाई के फरक पर्छ र यहाँ
जीवनलाई अन्तस्करणदेखि सुझ्ने , बुझ्ने फुर्सद नै कहाँ छ र?
अन्याय गरि खुशी मनाउनेकै यहाँ न्यायप्रेमी दिल छ अरे
कस्तो लज्जास्पद विषय यस्तो
आफुले मख्खन निल्न नसक्दा अरुले त हड्डी पनि निल्छ रे
यस्तो नियत बनाई हिँड्ने जवानहरुलाई नजिकदेखि नियालीरहेछु ।

विषय प्रेमको

आमालाई गर्ने ,साथीलाई गर्ने
अनि,
जीवन साथीलाई
प्रेमको अनेक रुप हुन्छन्
अनेकताकको एक विशेष रुप प्रेमजोडीको प्रेमलिला
सिद्धान्तले त सबैले सबैलाई प्रेम बाँड भन्छन्
​बुझ्नेले
मातालाई ईश्वरीय रुप ठान्छन् कतिले श्राप ठानी गन्छन
​अझ प्रेम जोडीको त कथै बेग्लै छ
​यी सारा प्रेमको बिल्कुलै नयाँ नमूनाहरुलाई नजिकदेखि नियालीरहेछु ।
अनि म
यहि बदलिदो संसारलाई सानो आँखीझ्यालबाट चियाउने बहाना गर्दैछु
​यी नै सारा नमूनाहरु सामु आफ्नो मात्र नभएर

सारा मानवको भलाई खातिर

सबिना ‘जिज्ञासु’

Related News

लामो चाडपर्व विदा र गुणस्तरीय शिक्षा
लामो चाडपर्व विदा र गुणस्तरीय शिक्षा
  • २०७८ आश्विन १२

कोशीपारी अनलाइन कात्तिक ४, काठमाण्डौं नेपालमा शिक्षा सबैका अधिकार हो भन्ने भनाई जाति सुन्दर सुनिन्छ, त्यसको व्यवहारिक रुप त्यति नै...

हिरासतमा लेखिएका रवीन्द्र मिश्रका कविताको सङ्ग्रह भदौ २८ आउने
हिरासतमा लेखिएका रवीन्द्र मिश्रका कविताको सङ्ग्रह भदौ २८ आउने
  • २०७८ आश्विन १२

काठमाडौं- राप्रपाका वरिष्ठ उपाध्यक्ष एवम् लेखक रवीन्द्र मिश्रले ५० दिन प्रहरी हिरासतमा रहेका बखत लेखेका कविताहरूको सङ्ग्रह ‘माथिको आदेश छ’...

आखिर किन खाली हुँदैछ गाउँ घर?
आखिर किन खाली हुँदैछ गाउँ घर?
  • २०७८ आश्विन १२

कोशीपारी अनलाइन , काभ्रे|   हुन त बसाइँ सर्ने कुरा कुनै नौलो होइन । हजाराैं बर्ष देखि मानिस हिडिरहेकै छन्। मङ्गोलिया...

TOP