चितवन । कवि तथा संगीतकार प्रेमविनोद नन्दनको निधन भएको छ ।नन्दनको ९० वर्षको उमेरमा गत आइतबार राति चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
नारायणी कला मन्दिरका पूर्वअध्यक्ष अमर प्रधानका अनुसार, उनी लामो समयदेखि श्वासप्रश्वासलगायत समस्याबाट ग्रसित थिए । वि.सं.२०११ सालमा ‘झटारो’ गीतिसंग्रह प्रकाशन गरेर नेपाली गीतसंगीत र साहित्य क्षेत्रमा प्रवेश गरेका नन्दनले गजल, कविता तथा अरू काव्यमा कलम चलाएका छन् ।
उनका धेरै गीत चलचित्र क्षेत्रमा चर्चित छन् ।उनका गीतिसंग्रह अञ्जली -२०२३, सपनीबाट ब्युँझेर -२०२३, विपनीका पाइलाहरू -२०५२, ऐनाभित्रको आकाश -२०६३, सिद्धार्थको ग्रहत्याग लघुकाव्य -२०७४ र पत्रम पुष्पम कवितासंग्रह -२०७७ प्रकाशित भएका छन् ।
१९९२ जेठ १९ गते तनहुँको बन्दीपुरमा जन्मिएका नन्दन पछि बसाइँ सरेर चितवनको नारायणगढ आएका हुन् । उनले छिन्नलता गीत पुरस्कार -२०५४, चिसाप प्रतिभा पुरस्कार -२०५२, चिसाप कृष्णकुमारी गुरुङ पुरस्कार -२०६४, नारायणी प्रज्ञा पुरस्कार- २०७८, राष्ट्रिय स्रष्टा सम्मान २०७७ लगायत सम्मान तथा पुरस्कार प्राप्त गरेका थिए । उनलाई रथारोहण तथा सम्मान समेत गरिएको थियो ।
कोशीपारी अनलाइन कात्तिक ९, काठमाण्डौं किरण गौत्तम र मनिषा घोरासैनिको आवाज रहेको नयाँ लोकदोहोरी गीत ‘ए मेरो परान’ सार्वजनिक भएको...
कोशीपारी अनलाइन कात्तिक ४, काठमाण्डौं नेपालमा शिक्षा सबैका अधिकार हो भन्ने भनाई जाति सुन्दर सुनिन्छ, त्यसको व्यवहारिक रुप त्यति नै...
कोशीपारी अनलाइन संवाददाता असोज २८, काठमाण्डौं गायक दुर्गेश थापाले अमेरिकाका विभिन्न सहरमा सांगीतिक प्रश्तुती दिने भएका छन् । त्यसका लागि...