२०८३ बैशाख १७
April 30, 2026, Thursday

सोनाम ल्होछार २०२६ अवसरमा साईतामा प्रिफेक्चरको निशिखावागुचीमा बृहत् सांस्कृतिक कार्यक्रम हुँदै

सोनाम ल्होछार २०२६ अवसरमा साईतामा प्रिफेक्चरको निशिखावागुचीमा बृहत् सांस्कृतिक कार्यक्रम हुँदै

कोशीपारी अनलाइन संवाददाता
माघ १२, जापान

 जापानको साईतामा प्रिफेक्चर अन्तर्गत निशिखावागुचीमा भोलि २७ तारिख सोनाम ल्होछार २०२६ को अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ। चौरीदेउराली सम्पर्क समाज जापान, काभ्रेको आयोजनामा हुन लागेको उक्त कार्यक्रम मञ्जुश्री संवत् २८६२ ता ल्हो (घोडा वर्ग) सोनाम ल्होछारको शुभ अवसरमा आयोजना गर्न लागिएको हो।

चौरीदेउराली सम्पर्क समाज जापान, काभ्रेका अध्यक्ष पेमा लामा वाइबाले कोशीपारी अनलाइनलाई जानकारी दिँदै भोलिको कार्यक्रम विशेष रहने बताएका छन्। अध्यक्ष वाइबाका अनुसार कार्यक्रममा नेपालबाट आमन्त्रित चर्चित सेलो गायक, संगीतकार तथा रचनाकार विश्व दोङ र चर्चित सेलो गायिका जितु लोप्चनको विशेष तथा बेजोड सांगीतिक प्रस्तुती रहनेछ।

यसका साथै कार्यक्रमलाई थप आकर्षक बनाउन अनिल लामा, जनक थोकर लगायत निशिखावागुची तथा आसपास क्षेत्रमा सक्रिय स्थानीय कलाकारहरूको समेत उत्कृष्ट सांगीतिक प्रस्तुती रहने जानकारी प्राप्त भएको छ। गीत–संगीत, नृत्य तथा सांस्कृतिक झल्कोमार्फत तामाङ समुदायको मौलिक संस्कृति, भाषा र पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजक संस्थाले जनाएको छ।

प्राप्त जानकारी अनुसार उक्त कार्यक्रम साईतामा प्रिफेक्चरको निशिखावागुचीमा दिउँसो ४ बजेदेखि राती ९ बजेसम्म सञ्चालन हुनेछ। आयोजक संस्थाले जापानमा बसोबास गर्दै आएका सम्पूर्ण नेपाली समुदाय, विशेषगरी तामाङ समुदायका व्यक्तित्वहरू तथा ल्होछार प्रेमी नेपाली मनहरूलाई कार्यक्रममा उपस्थित भई ल्होछारको उल्लासपूर्ण वातावरण साटासाट गर्न हार्दिक अनुरोध समेत गरेको छ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ माघ १२

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ माघ १२

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ माघ १२

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP