काठमाडौं । करण केसीले सानदार ब्याटिङ गर्दै ओडिआई करियरमा पहिलो अर्धशतक प्रहार गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ मा घरेलु टोली स्कटल्याण्ड विरुद्ध कीर्तिमानी जित हात पारेको छ ।
नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा ठूलो लक्ष्य पूरा गर्दै कीर्तिमान बनाएको हो । स्कटल्याण्डमाले २९७ रनको लक्ष्य दिएकोमा नेपालले ४९ ओभर ५ बलमा ९ विकेट गुमाएर पूरा गरी रोमाञ्चक जित हासिल गरेको हो । नेपालको लागि करण केसीले ४१ बलमा ६५ रनको योगदान गरे । २५२ रनमा ८ विकेट गुमाएको नेपालका लागि करण र सन्दीप लामिछानेले ३८ रनको साझेदारी गरेका थिए ।
नेपालको जितमा नवौँ नम्बरमा ब्याटिङका निम्ति आएका करण केसीले सर्वाधिक ६५ रन बनाए । करणले अविजित रहँदा ४१ बलमा तीन चौका र चार छक्का प्रहार गरे । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा करणको यो पहिलो अर्धशतकसमेत हो ।
बलिङमा नेपालका रिजन ढकाल, करण केसी र सोमपाल कामीले समान २ र सन्दीप लामिछानेले एक विकेट लिए । स्कटल्याण्ड, नेपाल र नेदरल्याण्ड्सबीचको सिरिज अन्तर्गत नेपालले दोस्रो खेल बुधबार नेदरल्याण्ड्ससँग खेल्नेछ ।
नेपालका लागि रिजन ढकाल, करण केसी र सोमपाल कामीले समान २ विकेट लिए । सन्दीप लामिछानेले एक विकेट लिएका थिए । जितसँगै नेपाल साताैं स्थानमा उक्लिएकाे छ भने पराजित भएकाे स्कटल्याण्ड चाैथाे स्थानमा यथावत् छ ।
कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ । इरानका खेलकुद मन्त्री...
कोशीपारी अनलाइन संवाददाता फागुन २५, काठमाण्डौं अखिल नेपाल फुटबल संघ (एन्फा)ले फागुन २४ गते केन्द्रीय कार्यालयमा लगाइएको तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण...
कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं टी–२० विश्वकपको उपाधिका लागि आज न्युजिल्याण्ड र भारत भिड्दै छन् । २० टोली सहभागी प्रतियोगिताको...