२०८३ बैशाख ४
April 17, 2026, Friday

सम्भावना नै सम्भावना बोकेको कर्णाली प्रदेशको राजधानी सुर्खेत (भिडियोसहित)

सम्भावना नै सम्भावना बोकेको कर्णाली प्रदेशको राजधानी सुर्खेत (भिडियोसहित)

नेपालको कर्णाली प्रदेश अन्तर्गत पर्ने सुर्खेत प्रदेशको प्रादेशिक राजधानी समेत हो । बाह्र बण्डाल १८ खण्डालको नामले परीचित छ । विं सं २०२० को दशकमा यस जिल्लाको सदरमुकाम सुर्खेतको तत्कालिन गोठीकाठाबाट सुर्खेतको वीरेन्द्रनगर कायम भएको थियो ।

सुर्खेत नाम रहनुको विभिन्न कारणहरुमध्ये एउटा पूर्बी भेगबाट भेरी र पश्चिमबाट कर्णाली नदी बगेर यस क्षेत्रलाई सुरक्षित राखेकाले यसको नाम सुर्खेत रहन गएको र अर्को सुर्खेत उपत्यकाको खेतमा सिरु एक प्रकारको झार धेरै पाइने भएकाले सिरु खेतबाट सुर्खेत नाम रहन गएको भन्ने भनाई छ ।

भौगोलिक हिसाबले यहाँको शहरी क्षेत्रफल ३४ वर्ग कि मी र ग्रामीण क्षेत्रफल २,४१७ वर्ग कि मी मध्ये कुल क्षेत्रफल २,४५१ वर्ग कि मी रहेको छ । यहाँको सिमाना पूर्वमा सल्यान, पश्चिममा डोटी र अछाम, उत्तरमा अछाम, दैलेख र जाजरकोट र दक्षिणमा कैलाली र बर्दिया अवस्थित छन् । वि.सं.२०६८ सालको जनगणना अनुसार जिल्लाको कुल जनसंख्या ३,५०,८०४ रहेको छ जसमध्ये पुरुष १,६९,४२१ तथा महिला १,८१,३८३ रहेका छन् । यस जिल्लालाई प्रतिनिधि सभा सदस्यका लागि २ वटा निर्वाचन क्षेत्र र प्रदेश सभा सदस्य निर्वाचनका लागि ४ वटा क्षेत्रमा विभाजन गरिएको छ । जिल्लामा ५ नगरपालिका तथा ४ गाँउपालिका रहेका छन् । यस जिल्लामा मुख्य गरी ब्राहृमण, क्षेत्री, मगर तथा दलित जातिहरु बसोवास गर्दछन् ।
भुगोलका आधारमा सुर्खेतलाई तिन भागमा विभाजन गरिएको छ । जसमध्ये महाभारत शृङ्खलाले जिल्लाको लगभग ४३ प्रतिशत भूभाग ओगटेको छ। यो भूभाग उत्तरी भेगमा समुन्द्र सतहबाट लगभग १०००(२३६७ मीटरसम्मको उचाइमा पर्दछ। मध्य मैदानी उपत्यका तथा पहाडी क्षेत्रले जिल्लाको लगभग ४२ प्रतिशत भूभाग ओगटेको छ। यो भूभाग जिल्लाको मध्य भागमा समुन्द्र सतहबाट लगभग २५०(१००० मीटरसम्मको उचाइमा पर्दछ। चुरीया श्रृङखलाले जिल्लाको लगभग १३ प्रतिशत भूभाग ओगटेको छ। यो भूभाग दक्षिणी भेगमा समुन्द्र सतहबाट लगभग १०००(१५०० मीटरसम्मको उचाईमा पर्दछ।

यहाँका प्रमुख नदी भेरी र कर्णाली हुन् भने सहायक नदी तथा खोलाहरू झुप्रा खोला, चिङ्गाड खोला, गोचे खोला, सोत खोला, सिम्ता खोला ,जुगै खोला, खोर्के खोला ,इत्राम खोला,निकास खोला,धोद्रे खोला आदी हुन् । ताल तथा तलैयाहरु बुलबुले ताल, बराह ताल, गुप्ती ताल, जाजुरा दह र मुली दह आदी हुन् । प्रमुख धार्मिक स्थलहरु भने देउती बज्यै मन्दिर, लाटिकोइलीको शिव मन्दिर, शिद्वपाइला, गणेश चोकको शिव मन्दिर, गणेश मन्दिर, कालीका मन्दिर, कृष्ण मन्दिर, इत्रामको शिवालय, उत्तरगंगा जलेश्वर मन्दिर, छिन्चु र रेडियो नेपालको उत्तर तिरको देउती मन्दिर, भोटेचुली गुमी चुली शिव मन्दिर,काक्रेबिहार भग्नावशेषआदी हुन् ।

यहाँका प्रमुख पर्यटकिय स्थलहरु बराह ताल, चमेरो गुफा, बिजौरा, भेरी नदि कर्णाली नदि, र्याफटीङचौकुखानी, पन्चपुरि मन्दिर, कोटको थुम्को सिम्ता बजेडीचौरे,भोटेचुली खानीखोला, सिम्ताउपत्यका काँक्रेबिहार, बुलबुले ताल आदी हुन् । सहारे को कोट माझखर्क ठाँउ बाइसे चौबीसे राज्य हुँदा राजा बस्ने ठाउँ र त्यही ले गर्दा पन्चायत मा हाल्को गुर्भाकोट र भेरिगङा कोट्माझखर्क पन्चायत नामाकरण गरिएको हो । देउतिबज्यै सुर्खेतको ऐतिहासिक मन्दिर मध्येको एक पवित्र तिर्थस्थलका रुपमा परिचित मन्दिर हो । बिषेशगरि शिबरात्रीमा यो मन्दिरमा ठुलो मेला लाग्ने भएपनि दैनिक जसो पुजाआजा गर्नेहरूको निकै घुईचो लाग्ने गर्दछ। यहाँका प्रमुख व्यापारिक केन्द्रहरु भने बीरेन्द्रनगर बजार, छिन्चु बजार, रामघाट बजार, बड्डिचौर बजार, बाबियाचौर, गुठु बजार, मेहलकुना बजार, जहरे बजार, सिम्ता राकम बजार, बोटेचौर बजार ,गैरिबजार खरिगैरा मिलन्चौक आदी हुन् ।

कर्णाली प्रदेशकै आशालाग्दो यो क्षेत्र विभिन्न हिसाबले सम्भावना बोकेको ठाँउका रुपमा परिचित छ । यस क्षेत्रलाई संघीय सरकारले प्राथमिकता दिने हो भने अवश्य पनि सिंगो कर्णाली प्रदेश नै विकासको दृष्टिकोणबाट अघि बढ्ने पक्का छ । अनि एउटा कुरा भने हामीले कहिल्यै पनि बिर्सनु हुदैन त्यो हो, यदि हामीले कर्णाली प्रदेशको आर्थिक, सामाजिक, शैक्षिक, स्वास्थमा परिवर्तन गर्नु छ भने सुर्खेतको सबै पक्षलाई ध्यान दिएर मात्र सम्भव छ । अनि अर्को कुरा, यदि सिंगो नेपाललाई परिवर्तन गर्न चाहन्छौँ भने एकदमै अर्गानिक प्रदेश कर्णाली प्रदेशलाई ध्यानमा राख्नैपर्छ ।

भिडियो-

 

 

Related News

आजको मौसम : बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना
आजको मौसम : बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा हल्का वर्षा र हिमपातको सम्भावना
  • २०७८ आश्विन १५

कोशीपारी अनलाइन फागुन १३, काठमाण्डौं हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । हाल बागमती र गण्डकी...

राटनगरमा प्रादेशिक ललितकला प्रदर्शनी सुरु
राटनगरमा प्रादेशिक ललितकला प्रदर्शनी सुरु
  • २०७८ आश्विन १५

कोशीपारी अनलाइन माघ २८, काठमााण्डौं विराटनगरमा प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ । ललितकला प्रज्ञा प्रतिष्ठान र विराटगर ललितकला प्रज्ञा...

पालिका केन्द्र र बस्ती बिकासका लागि सबै सहयोग गर्न तयार छौँ : मन्त्री देवकोटा
पालिका केन्द्र र बस्ती बिकासका लागि सबै सहयोग गर्न तयार छौँ : मन्त्री देवकोटा
  • २०७८ आश्विन १५

कोशीपारी अनलाइन मंसिर १६, काठमाण्डौं बागमती प्रदेशस्थित भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा पालिका केन्द्र–बस्ती विकास आयोजना उपर अन्तरक्रिया कार्यक्रम सम्पन्न...

TOP