कोशीपारी अनलाइन
मंसिर १६, काठमाण्डौं
बागमती प्रदेशस्थित भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा पालिका केन्द्र–बस्ती विकास आयोजना उपर अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
काठमाडां सम्पन्न कार्यक्रममा बागमती प्रदेशका विभिन्न पालिकाका प्रमुख तथा अध्यक्षहरुले पालिका केन्द्र र बस्ती विकासका विषयमा धारणा राखेका थिए ।
बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाको उपस्तिथिमा भएको कार्यक्रममा आयोजना, बजेट व्यवस्थापन, विकासका चुनौती लगायतका विषयमा छलफल भएको थियो ।
मन्त्री देवकोटोले बस्ती विकासको कार्यविधि बनाउन नै चुनौती रहेको बताए । पालिकाहरुलाई मन्त्रालयको तर्फबाट कार्यविधि बनाउन सबै सहयोग प्रदान गर्ने बताउँदै उनले कार्यविधि औचित्यका आधारमा बनाउनुपर्नेमा जोड दिए ।
उनले भने, ‘आवश्यकताअनुसार एक वर्षीय र बहुवर्षीय योजना बनाउनुपर्छ । भएका विकृति विसंगति कम गर्दै सुधार गर्दै जानुपर्छ । बस्ती विकासमा पालिकाको भूमिका नै महत्वपूर्ण हुन्छ ।’
मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहट्ठाले अहिले शहर बनिसकेका ठाउँलाई व्यवस्थित र सुधार गर्दै शहर नबनेका ठाउँका लागि अहिले नै योजना बनाएर अघि बढ्नुपर्ने बताए । जेजे पूर्वाधारको अभाव छ त्यो निर्माण गर्नतर्फ केन्द्रित हुनुपर्ने उनको सुझाब छ ।
‘बनाएका योजना दराजमा धन्क्याएर हुँदैन । कार्यान्वयन गरिहाल्नुपर्छ । बस्ती विकासका सवालमा हामी असफल भएका छौँ ।” उनले भने ।
दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले फोहोर व्यवस्थापनको सवालमा धारणा राखे । आफ्नो नगरपालिकामा फोहोर व्यवस्थापनका लागि उचित ठाउँ प्रशस्तै भएकाले अन्य पालिकालाई पनि सहयोग गर्न तयार रहेको उनले स्पष्ट पारे ।
उनले भने– “उचित ठाउँ हेरेर छलफल गरौँ । सरसफाईका लागि स्थानीयलाई पनि स्पष्ट पार्नुपर्छ । विज्ञहरुसँग पनि छलफल गरेर फोहोर व्यवस्थापनको दीर्घकालिन उपाय खोज्न सकिन्छ । यसका लागि दक्षिणकालि नगरपालिकामै सबै बसेर छलफल गरौँ भन्ने प्रस्ताव राख्दछु ।”
त्यसैगरी इन्द्रावती गाउँपालिका, सिन्धुपाल्चोकका अध्यक्ष झम्कनाथ नेपालले स्थानीय तहमा कनिका छराइको बजेटले कुनै उपलब्धि नहुने स्पष्ट पारे । आफूले अध्यक्ष जितेर आएपछि तीन वर्ष भइसक्दा पनि उचित बजेटको अभावमा ठोस र मूर्त काम देखाउन नसकेको उनको स्वीकारोक्ति छ ।
उनले भने– “स्थानीय स्रोत साधन छैन, संघीय समानिकरण र राजश्व बाँडफाडको भरमा के नै गर्न सकिन्छ र ?”
त्रिपुरासुन्दरी गाउँपालिका, धादिङका अध्यक्ष राजु उप्रेतीले भूकम्पपछि त्रिपुरासुन्दरी गाउँपालिकामा बस्ती विकासको योजना बने पनि प्रभावकारी बन्न नसकेको बताए । उनले भने– “देशकै ठूलो टार छ, भूगोल ठूलो छ, तर भूकम्पपछि उचित नीति बन्न नसक्दा भवन निर्माण अस्तव्यस्त छ ।”
खाँडादेवी गाउँपालिका, रामेछापका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले गाउँमा मान्छे बस्नै छाडेको भन्दै चिन्ता व्यक्त गरे । अव्यवस्थित बसोबासका कारण गाउँहरु संकटमा परेको उनको भनाइ छ ।
चलचित्र विधेयकका सन्दर्भमा सरकार स्पष्ट छ ः मन्त्री खरेल
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले चलचित्र विधेयकको सन्दर्भमा सरकार स्पष्ट रहेको बताएका छन् ।
मंगलबार विधायन व्यवस्थापन समितिमा भएको चलचित्र विधेयक, २०८१ मा सरोकारवालासँगको छलफलमा उनले यो विधेयकको सन्दर्भमा सरकार स्पष्ट रहेको भन्दै सोही कारण विधेयक अगाडि बढाउने कुराहरुमा सहमत हुँदै सरकार सैद्धान्तिक छलफलमा सहभागी भएको बताए ।
उनले भने, ‘सरकार विधेयकको सन्दर्भमा अलमलमा छैन् । सरकार स्पष्ट छ । एकदमै स्पष्ट छ । त्यही भएर नै यो विधेयक अगाडि बढाउने कुराहरुमा सहमत हुँदै सैद्धान्तिक छलफलमा सहभागि भएका हौं र दफावार छलफलको लागि पनि अगाडि बढ्ने कुराहरुमा सरकारले हुदैँन् भनेको छैन् । प्रक्रिया अगाडि बढ्नु भनेको अलमलमा हुनु होइन् ।’
यस्तै, उनले चलचित्र सम्बन्धी विधेयकमा छलफल अझै पूर्ण नभएको जस्तो लागेपनि समिति र सांसदहरुलाई अनुरोध गरेर आजको यो छलफल तय भएको भन्दै छलफल चलचित्र क्षेत्रका सरोकारवालाहरुकै लागि भनेर भएको बताए ।
उनले भने, ‘जेनजी आन्दोलनको जगमा सरकार बनेको छ । म सञ्चारमन्त्री भएको दुई महिना मात्र भएको छ । चलचित्र सम्बन्धी विधेयक छलफलको क्रममा छ । मेरो आफ्नै अनुरोधमा समिति र सांसदहरुलाई अनुरोध गरेर आजको यो छलफल भएको हो । आजको यो छलफल चलचित्र क्षेत्रका सरोकारवालाहरुकै लागि भनेर तय भएको हो ।’
चलचित्र सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक भन्ने वित्तिकै यसमा व्यापक परिमार्जन गर्न सक्ने भन्दै यो कुरामा सबै स्पष्ट हुनुपर्ने पनि उनको भनाई छ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...