२०८२ फाल्गुन २५
March 9, 2026, Monday

गर्भावस्थामा खानुपर्ने १० खानेकुरा

गर्भावस्थामा खानुपर्ने १० खानेकुरा

१. अण्डा : अण्डा प्रोटिनको राम्रो स्रोत हो । प्रोटिनले कोषहरु निर्माण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले गर्भवस्थामा अण्डा खानु राम्रो हुन्छ । यसमा कोलिनलगायतका दर्जनौं भिटामिन र खनिज तत्वहरु पाइन्छ । कोलिनले बच्चाको दिमाग र स्पाइनल कर्ड राम्ररी विकास गर्न सघाउ पु-याउँछ । यसका साथै यसले न्युरल ट्युबका समस्या पनि हुन दिँदैंन ।

२. साल्मोन : गर्भको शिशुको स्वस्थ विकासका लागि ओमेगा ३ फ्याटी एसिड महत्वपूर्ण मानिन्छ । यसले आमाको मूड पनि सकारात्मक बनाउँछ । सामुद्रिक खानामा कम मक्र्युरी हुने भएकाले हरेक साता खाने सल्लाह दिइन्छ । 

३. गेडागुडीः गेडागुडी पनि प्रोटिनसहित आइरन, फोलिक एसिड, पोटासियम, म्याग्नेसियम र आवश्यक फ्याटी एसिडको राम्रो स्रोत हो । यिनै तत्वहरु गर्भावस्थामा चाहिन्छ । यसका साथै यो फाइबरको राम्रो स्रोत भएकाले गर्भावस्थामा निम्तने साझा समस्या कब्जियत र हेमोरोइड्सबाट पनि रोकथाम गर्छ । 

४. सखरखण्ड : सखरखण्डले क्यारोटेनोइड्स तत्वबाट सुन्तला रंग प्राप्त गर्छ, यो शरीरमा भिटामिन एमा परिवर्तन हुन्छ । यो भिटामिन सी, फोलिक एसिड र फाइबरको मुख्य स्रोत हो । 

५. होल ग्रेन : होल ग्रेनमा फाइबर र पोषक तत्व उच्च मात्रामा हुन्छ । यसमा एन्टीअक्सिडेन्ट, मिनरल सेलेनियम हुन्छ भने यसमा पाइने फाइटोन्युट्रियन्ट्सले शरीरका कोषलाई रक्षा गर्छ । 

६. ओखर : ओखर ओमेगा थ्रि एसको राम्रो स्रोत हो । यसमा प्रोटीन र फाइबर पनि पाइन्छ । बिहानै स्न्याक्सका रुपमा या सलादका रुपमा ओखर खान सकिन्छ । 

७. दही : दहीमा प्रोटीन, प्रोबायोटिक्स र क्याल्सियमको राम्रो स्रोत हो । क्याल्सियमले हड्डी मजबूत पार्नुका साथै शिशुको स्वस्थ हड्डीको विकास गर्न सघाउ पुर्‍याउँछ । 

८. गाढा हरियो सागसब्जी : पालुंगोजस्ता सागसब्जी पनि गर्भवतीका सुपरफुड मानिन्छन् । यिनीहरु भिटामिन र पोषकतत्वले भरिपूर्ण हुन्छन् । खासगरी हरियो सागसब्जीमा भिटामिन ए, सी र केका साथै फोलिक एसिड पाइन्छ । 

९. बोसोरहित मासु : बोसोरहित मासु उच्च प्रोटिनको मुख्य स्रोत हो । बोसो नभएका मासुमा स्पाइनल कर्ड मजबूत बनाउन उपयोगी मानिने कोलिन पाइन्छ । तर, राम्ररी नपाकेको या आधा पाकेको मासुबाट भने टाढै रहनुपर्छ, त्यस्तो मासुमा ब्याक्टेरिया र परजीवी हुने सम्भावना हुन्छ । जुन गर्भमा बढिरहको शिशुका लागि खतरनाक हुन सक्छ ।

१०. विभिन्न रंगका फलफूल तथा तरकारी : हरियो, रातो, सुन्तला, पहेंलो तथा बैजनी रंगका फलफूल सेवनले शिशुले विभिन्न पोषक तत्व प्राप्त गर्छ । हरेक रंगको फलफूलमा अलग खालको भिटामिन र खनिज तत्व पाइन्छ ।

Related News

जनादेश परिवर्तनको: अब रास्वपाले विश्वास जोगाउने कि इतिहास दोहोरिने ?
जनादेश परिवर्तनको: अब रास्वपाले विश्वास जोगाउने कि इतिहास दोहोरिने ?
  • २०७८ बैशाख १८

कोशीपारी अनलाइन सम्पदकीय फागुन २३, काठमाण्डौं नेपालको पछिल्लो निर्वाचन परिणामले देशको राजनीतिक परिदृश्यलाई नयाँ मोडमा ल्याइदिएको छ। प्रारम्भिक मत परिणाम...

मन्त्रालयले तोक्यो निर्वाचनका सन्दर्भमा स्वास्थ्य सेवा व्यवस्थापनका लागि सम्पर्क कर्मचारीहरु
मन्त्रालयले तोक्यो निर्वाचनका सन्दर्भमा स्वास्थ्य सेवा व्यवस्थापनका लागि सम्पर्क कर्मचारीहरु
  • २०७८ बैशाख १८

कोशीपारी अनलाइन फागुन २०, काठमाण्डौं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनका सन्दर्भमा स्वास्थ्य सेवा व्यवस्थापनका लागि सम्पर्क कर्मचारीहरू...

वसन्तपुर दरबार क्षेत्रमा होलीको रौनक, विदेशी पर्यटकहरू पनि रमाए
वसन्तपुर दरबार क्षेत्रमा होलीको रौनक, विदेशी पर्यटकहरू पनि रमाए
  • २०७८ बैशाख १८

कोशीपारी अनलाइन संवाददाता फागुन १८, काठमाण्डौं विगत वर्षझैँ यस वर्ष पनि वसन्तपुर दरबार क्षेत्रमा होलीको हर्षोल्लास छाएको छ । बिहानैदेखि...

TOP