२०८२ कार्तिक २३
November 9, 2025, Sunday

गर्भावस्थामा खानुपर्ने १० खानेकुरा

गर्भावस्थामा खानुपर्ने १० खानेकुरा

१. अण्डा : अण्डा प्रोटिनको राम्रो स्रोत हो । प्रोटिनले कोषहरु निर्माण गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले गर्भवस्थामा अण्डा खानु राम्रो हुन्छ । यसमा कोलिनलगायतका दर्जनौं भिटामिन र खनिज तत्वहरु पाइन्छ । कोलिनले बच्चाको दिमाग र स्पाइनल कर्ड राम्ररी विकास गर्न सघाउ पु-याउँछ । यसका साथै यसले न्युरल ट्युबका समस्या पनि हुन दिँदैंन ।

२. साल्मोन : गर्भको शिशुको स्वस्थ विकासका लागि ओमेगा ३ फ्याटी एसिड महत्वपूर्ण मानिन्छ । यसले आमाको मूड पनि सकारात्मक बनाउँछ । सामुद्रिक खानामा कम मक्र्युरी हुने भएकाले हरेक साता खाने सल्लाह दिइन्छ । 

३. गेडागुडीः गेडागुडी पनि प्रोटिनसहित आइरन, फोलिक एसिड, पोटासियम, म्याग्नेसियम र आवश्यक फ्याटी एसिडको राम्रो स्रोत हो । यिनै तत्वहरु गर्भावस्थामा चाहिन्छ । यसका साथै यो फाइबरको राम्रो स्रोत भएकाले गर्भावस्थामा निम्तने साझा समस्या कब्जियत र हेमोरोइड्सबाट पनि रोकथाम गर्छ । 

४. सखरखण्ड : सखरखण्डले क्यारोटेनोइड्स तत्वबाट सुन्तला रंग प्राप्त गर्छ, यो शरीरमा भिटामिन एमा परिवर्तन हुन्छ । यो भिटामिन सी, फोलिक एसिड र फाइबरको मुख्य स्रोत हो । 

५. होल ग्रेन : होल ग्रेनमा फाइबर र पोषक तत्व उच्च मात्रामा हुन्छ । यसमा एन्टीअक्सिडेन्ट, मिनरल सेलेनियम हुन्छ भने यसमा पाइने फाइटोन्युट्रियन्ट्सले शरीरका कोषलाई रक्षा गर्छ । 

६. ओखर : ओखर ओमेगा थ्रि एसको राम्रो स्रोत हो । यसमा प्रोटीन र फाइबर पनि पाइन्छ । बिहानै स्न्याक्सका रुपमा या सलादका रुपमा ओखर खान सकिन्छ । 

७. दही : दहीमा प्रोटीन, प्रोबायोटिक्स र क्याल्सियमको राम्रो स्रोत हो । क्याल्सियमले हड्डी मजबूत पार्नुका साथै शिशुको स्वस्थ हड्डीको विकास गर्न सघाउ पुर्‍याउँछ । 

८. गाढा हरियो सागसब्जी : पालुंगोजस्ता सागसब्जी पनि गर्भवतीका सुपरफुड मानिन्छन् । यिनीहरु भिटामिन र पोषकतत्वले भरिपूर्ण हुन्छन् । खासगरी हरियो सागसब्जीमा भिटामिन ए, सी र केका साथै फोलिक एसिड पाइन्छ । 

९. बोसोरहित मासु : बोसोरहित मासु उच्च प्रोटिनको मुख्य स्रोत हो । बोसो नभएका मासुमा स्पाइनल कर्ड मजबूत बनाउन उपयोगी मानिने कोलिन पाइन्छ । तर, राम्ररी नपाकेको या आधा पाकेको मासुबाट भने टाढै रहनुपर्छ, त्यस्तो मासुमा ब्याक्टेरिया र परजीवी हुने सम्भावना हुन्छ । जुन गर्भमा बढिरहको शिशुका लागि खतरनाक हुन सक्छ ।

१०. विभिन्न रंगका फलफूल तथा तरकारी : हरियो, रातो, सुन्तला, पहेंलो तथा बैजनी रंगका फलफूल सेवनले शिशुले विभिन्न पोषक तत्व प्राप्त गर्छ । हरेक रंगको फलफूलमा अलग खालको भिटामिन र खनिज तत्व पाइन्छ ।

Related News

आयल निगमले आयोजना गर्यो ‘रन फर हेल्थ’ प्रतियोगिता
आयल निगमले आयोजना गर्यो ‘रन फर हेल्थ’ प्रतियोगिता
  • २०७८ बैशाख १८

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं नेपाल आयल निगमले ‘रन फर हेल्थ’ को नारासहित पुरुषतर्फ १० किलोमिटर र महिलातर्फ ५...

पूर्वमन्त्री आलमको शव रौतहट पु-याइयो, मुस्लिम परम्परा अनुसार अन्त्यष्टि गरिने
पूर्वमन्त्री आलमको शव रौतहट पु-याइयो, मुस्लिम परम्परा अनुसार अन्त्यष्टि गरिने
  • २०७८ बैशाख १८

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं रौतहट । नेपाली काग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमको शव रौतहट पु¥याइएको छ...

प्रधानन्यायाधीश राउतद्वारा थापाथलिमा छठीमाईको पूजा
प्रधानन्यायाधीश राउतद्वारा थापाथलिमा छठीमाईको पूजा
  • २०७८ बैशाख १८

कोशीपारी अनलाइन कात्तिक १०, काठमाण्डौं प्रधानन्यायाधीश प्रकाशमान सिहं राउतले थापाथलि पुगेर छठीमाईको पूजा गरेका छन् । सोमबार छठ पर्वको मुख्य...

TOP