२०८२ कार्तिक २८
November 14, 2025, Friday

आजपनि आक्रोशित युवाहरु संसद भवन बाहिर

आजपनि आक्रोशित युवाहरु संसद भवन बाहिर

कोशीपारी अनलाइन संवाददाता
भदौ २४, काठमाण्डौ

नयाँ पुस्ताका युवा (जेनजी)हरुले कर्फ्यु आदेश अवज्ञा गर्दै आज बिहानैदेखि प्रदर्शन सुरु गरेका छन् । उनीहरु नयाँबानेश्वरको संसद भवन अगाडि भेला भएर प्रदर्शनमा उत्रिएका हुन् ।

हिजो १९ जना युवाको ज्यान गएपछि आक्रोशमा रहेका उनीहरुका साथी र आफ्न्तहरुले सरकारको विरोध गर्दै प्रदर्शन गरिरहेका छन् । जेनजीको पदर्शनमा भएको दमनले सर्वसाधरण जनताहरु समेत आक्रोश भएका छन् ।
मंगलबार बिहानै काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन बाहिर सर्वसाधरण युवाहरु आक्रोशित मुद्रामा देखिएका हुन् ।
संसद भवन बाहिर रहेका प्रेम पोखरेलले प्रतिनिधि सभामा रहेका सांसदहरुले राजिनामा दिएर सडकमा आउने र नयाँ सरकार गठनको लागि अगाडि बढ्नुपर्ने बताए ।
उनले भने, ‘संसदमा प्रतिनिधित्व गर्ने सांसदहरुले राजीनामा दिएर सडकमा आउने र नयाँ सरकार गठनको लागि अगाडि बढाउनुपर्छ ।’ उनले थप भने,‘जेनजी पुस्ताका युवाहरुलाई आज पनि माइतीघर मण्डलामा आउनको लागि आव्हान गरिसकेको छ । म नेपाली सेनाको छोरा भएको हिसाबले पनि नेपाली सेनाका साथीहरुलाई यो भन्छु कि छोराहरुको बलिदान सम्झिनु पर्यो ।’

Related News

मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
  • २०८२ भाद्र २४

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं सर्लाही । मधेश प्रदेश सभामा लामो समयदेखि बैठकमा अनुपस्थित रहँदै आएका पाँच जना प्रदेश...

अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
  • २०८२ भाद्र २४

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी)...

कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
  • २०८२ भाद्र २४

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट...

TOP