२०८३ बैशाख ९
April 22, 2026, Wednesday

माओवादी केन्द्र पनि विस्तारै एमालेकरण हुँदैछ : प्रचण्ड

माओवादी केन्द्र पनि विस्तारै एमालेकरण हुँदैछ : प्रचण्ड

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब क्रान्तिकारीहरु एकजुट हुनुपर्ने बताएका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रचण्डले देशभरी विस्तारै उभार आउने संकेत देखिएको दाबी गरेका छन्। उनले प्रतिगमन कसले परास्त गर्‍यो भन्दा आफूहरुलाई नै जनताले श्रेय दिएको स्पष्ट पारे।

पूर्व माओवादी एवम् क्रान्तिकारी घटक छिट्टै समीक्षा गरेर एकजुट हुन आवश्यक रहेको उनको भनाई छ। उनले विप्लव, वैध, उपेन्द्र-बाबुराम, मोहनविक्रमहरु एकै ठाउँमा बसेर ऐतिहासिक समिक्षा गर्ने समय आएको धारणा राखे। उनले कार्यकर्तामा नभई नेताहरुमा समस्या भएकाले अहिलेको अवस्था आएको धारणा राखे। उनले भने, ‘अहिले जनता, कार्यकर्ता बिग्रिएको होइन, नेताले गर्दा बिग्रिएको हो। अरुलाई दोष नलगाई मैले गर्दा बिग्रिएको भनेर अगाडि बढ्दा सफल भइन्छ।’

प्रचण्डबिना गठबन्धन केपीलाई बालुवाटारबाट गलहत्याउन सकिएको टिप्पणी गरे। उनले राष्ट्रियता, समावेशी, गणतन्त्रवादी र विचार मिल्नेसँग मोर्चाबन्दी गर्नुपर्ने आवश्यकता रहेको धारणा राखे। उनले माओवादी केन्द्रपनि विस्‍तारै एमालेकरण हुन थालेको गुनासो गरे। ‘हाम्रो पार्टी पनि विस्तारै विस्तारै एमालेकरण हुन थाल्यो। एमालेजस्तो जस्तो हुन थाल्यो। छलछाम, झुट, गुट, धोका बेइमानी एमाले भनेकै एमाले हो।’

ओलीले अहिले नैतिकताको कुरा गर्दै हिँडेको पनि उनले बताए। ‘अहिले उनले नैतिकताको कुरा गर्ने? मलाई त यति जलन भएको छ नि यस्ता मान्छे, पाखण्डी, डब्बल डिलर, ठगहरू चाहिँ अझै मान्छेलाई ताली पिटाउँदै हिँडिराखेका देखिन्छन्। यो ताली पिट्ने देखेर पनि हैरान हुन्छु म,’ प्रचण्डले भने।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ आश्विन ४

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ आश्विन ४

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ आश्विन ४

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP