२०८२ कार्तिक २५
November 11, 2025, Tuesday

तालिवान सत्तामा आएलगत्तै विवादै विवाद

तालिवान सत्तामा आएलगत्तै विवादै विवाद

 

काठमाण्डौं : अफगानिस्तानमा तालिवानले सरकार बनाएको एक हप्तामै दुई समूहबीचको विवाद विवाद बाहिरिन थालेको छ। तालिवानका संस्थापकमध्येका नेता मुल्लाह अब्दुल गनी बरादार र एकजना मन्त्रीबीच भनाभन भएको बीबीसीले स्रोतको हवाला दिदै उल्लेख गरेको छ । बरादार अहिलेको मन्त्रिमण्डल गठनप्रति असन्तुष्ट छन् ।

राष्ट्रपति भवनमा बरादार र हक्कानी नेटवर्कका प्रभावशाली नेता समेत रहेका शरणार्थी मामलामन्त्री खलिल उर रहमान हक्कानीबीच भनाभन भएको हो । उनीहरुको समर्थकबीच पनि गत हप्ताको अन्ततिर भनाभन भएको बताइएको छ । तालिवान सरकारका उपप्रधानमन्त्री बरादार निकै असन्तुष्ट छन् । तालिवानले अफगानिस्तानमा सत्ता कब्जा गरेको जस लिने विषयमा पनि उनीहरुबीच विवाद बढेको छ । बरदार कुटनीतिक पहलबाट सफलता हासिल भएको दाबी गर्छन् । हक्कानी समूह लडेर जितेको दाबी गर्छन् ।

बरादार तालिवानभित्रको नरमपन्थी समूहका नेता हुन् । उनले कुटनीतिक चार्तुयता देखाएर तालिवानलाई बलियो बनाएका थिए । रुस र चीन पुगेर त्यहाँका नेताहरुलाई तालिवानबाट खतरा नभएको विश्वास दिलाएका थिए । बरादार अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोन संवाद गर्ने पहिलो तालिवान नेता हुन् । उनले तालिवानको तर्फबाट अमेरिकी फौज फिर्ता हुने दोहा सम्झौतामा हस्ताक्षर गरेका थिए ।

 

Related News

सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेका छन् : सञ्चारमन्त्री
सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेका छन् : सञ्चारमन्त्री
  • २०७८ भाद्र ३०

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं सुचना तथा सञ्चारमन्त्री जगदीश खरेलले कहिल्यै सरकारमा नभएता पनि सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेको...

हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु
हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु
  • २०७८ भाद्र ३०

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं बारामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको जितपुरसिमरा उपमहानगरपालिका–१६...

मेलम्ची खानेपानीको अवरोध हटाउन मन्त्री घिसिङद्वारा हेलम्बु गाउँपालिकालाई आग्रह
मेलम्ची खानेपानीको अवरोध हटाउन मन्त्री घिसिङद्वारा हेलम्बु गाउँपालिकालाई आग्रह
  • २०७८ भाद्र ३०

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मेलम्ची...

TOP