२०८३ बैशाख ४
April 17, 2026, Friday

तालिवान सत्तामा आएलगत्तै विवादै विवाद

तालिवान सत्तामा आएलगत्तै विवादै विवाद

 

काठमाण्डौं : अफगानिस्तानमा तालिवानले सरकार बनाएको एक हप्तामै दुई समूहबीचको विवाद विवाद बाहिरिन थालेको छ। तालिवानका संस्थापकमध्येका नेता मुल्लाह अब्दुल गनी बरादार र एकजना मन्त्रीबीच भनाभन भएको बीबीसीले स्रोतको हवाला दिदै उल्लेख गरेको छ । बरादार अहिलेको मन्त्रिमण्डल गठनप्रति असन्तुष्ट छन् ।

राष्ट्रपति भवनमा बरादार र हक्कानी नेटवर्कका प्रभावशाली नेता समेत रहेका शरणार्थी मामलामन्त्री खलिल उर रहमान हक्कानीबीच भनाभन भएको हो । उनीहरुको समर्थकबीच पनि गत हप्ताको अन्ततिर भनाभन भएको बताइएको छ । तालिवान सरकारका उपप्रधानमन्त्री बरादार निकै असन्तुष्ट छन् । तालिवानले अफगानिस्तानमा सत्ता कब्जा गरेको जस लिने विषयमा पनि उनीहरुबीच विवाद बढेको छ । बरदार कुटनीतिक पहलबाट सफलता हासिल भएको दाबी गर्छन् । हक्कानी समूह लडेर जितेको दाबी गर्छन् ।

बरादार तालिवानभित्रको नरमपन्थी समूहका नेता हुन् । उनले कुटनीतिक चार्तुयता देखाएर तालिवानलाई बलियो बनाएका थिए । रुस र चीन पुगेर त्यहाँका नेताहरुलाई तालिवानबाट खतरा नभएको विश्वास दिलाएका थिए । बरादार अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पसँग फोन संवाद गर्ने पहिलो तालिवान नेता हुन् । उनले तालिवानको तर्फबाट अमेरिकी फौज फिर्ता हुने दोहा सम्झौतामा हस्ताक्षर गरेका थिए ।

 

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ भाद्र ३०

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ भाद्र ३०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ भाद्र ३०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP