कोेशीपारी अनलाइन संवाददाता /काभ्रेपलाञ्चोक
भाद्र १८, २०७८
नेकपा एमाले, जिल्ला कमिटि काभ्रेको आयोजनामा भोलि बनेपामा जिल्लास्तरीय कार्यकता भेला कार्यक्रम हुने भएको छ । नेकपा एमाले विभाजन पश्चात पहिलो पटक हुन लागेको उक्त कार्यक्रमा प्रमुख अतिथ्यताका रुपमा नेकपा एमालेका महासचिव ईश्वर पोखरेल, बिशिस्ट अथितिका रुपमा नेकपा एमालेका स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीका साथ काभ्रे जिल्ला नेकपा एमाले पार्टी इन्चार्ज एवं पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको अतिथित्य रहने कार्यक्रम आयोजकले जानकारी दिएका छन् ।
जनताको बहुदलीय जनवादलाई अंगाल्दै आएका नेकपा एमाले पार्टी यतिखेर दुईभागमा विभाजन भएको छ । यस अवस्थामा जिल्ला कमिटि काभ्रेले आयोजन गर्न लागेको यस कार्यक्रमलाई निक्कै महत्वका साथ लिईएको पाइन्छ ।
कार्यक्रम बनेपा स्थित कायस्थ वन्क्वेटमा भोलि १९ गते शनिवार विहान ११ बजेदेखि प्रराम्भ हुने आयोजक स्रोतले जनाएको छ । कार्यक्रममा उपस्थितिको लागि आम कार्यकर्तामा नेकपा एमाले जिल्ला कमिटि काभ्रेले अनुरोध समेत गरेका छन् ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...