२०८२ कार्तिक २५
November 11, 2025, Tuesday

ओलीले जाली तमसुक गरे : प्रचण्ड

ओलीले जाली तमसुक गरे : प्रचण्ड

कोशीपारी अनलाइन संवाददाता/ काठमाडौ भाद्र १२, २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी अध्यक्ष र प्रधानमन्त्री पद आलोपालो गर्ने भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले जाली तमसुक गरेको टिप्पणी गरेका छन् ।

माओवादी केन्द्र र एमालेबीच एकता हुँदा ओलीले अध्यक्ष र प्रधानमन्त्री पद आधा आधा समय हुने भनेर हस्ताक्षर गरेको तर पछि नमानेको उनको भनाइ थियो ।

‘अध्यक्ष आलोपालो, प्रधानमन्त्री पनि पालो गर्ने भन्नेमा सही गरियो । त्यहाँ भन्दा के चाहियो ? हामीले त जे भनेको त्यही हुन्छ भन्ने बुझियो । तर त्यो पछि त खाली प्रधानमन्त्री प्राप्तीका लागि ठगी धन्दा रहेछ’ प्रचण्डले भने, ‘हामीले चाहिँ उनको ठगी धन्दा तमसुकमा सही गरे पछि त भयो भनि ठान्यौं, हामीले । तमसुक हेरेर बसियो, उनले त प्रधानमन्त्री पड्काए, लगेको लग्यै पारे ।’

अध्यक्ष प्रचण्डले ओलीसँग पार्टी एकता गरेर के पायौं ? भनेर आफूमाथि अहिलेको सत्तारुढ गठबन्धनका नेताहरुले प्रश्न गरेको पनि बताए । आफूले ठूलो पाठ सिकेको जवाफ दिएको भन्दै उनले यो पाठ अरु नेताहरुलाई पनि काम लाग्ने बताए ।

उनले सत्तारुढ गठबन्धनलाई कमजोर बनाउने कसरत भइरहेको उल्लेख गर्दै त्यसका विरुद्ध सशक्त ढंगले लाग्न पनि वाईसीएललाई आग्रह गरे ।

प्रतिक्रियावादी शक्तिहरुले कुनै पनि रुपमा यो गठबन्धनलाई कमजोर पार्ने, यो परिवर्तनलाई उल्टयाउने र कहीँ न कहीँ पुरातनपन्थतिर मुलुकलाई फर्काउने कसरत गरिरहेका छन् । त्यसलाई रोक्नका लागि तपाई युवाहरुप्रति पार्टीको ठूलो भरोसा छ ।’

Related News

सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेका छन् : सञ्चारमन्त्री
सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेका छन् : सञ्चारमन्त्री
  • २०७८ भाद्र १२

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं सुचना तथा सञ्चारमन्त्री जगदीश खरेलले कहिल्यै सरकारमा नभएता पनि सरकारले भन्दा बढी काम चलचित्रकर्मीले गरेको...

हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु
हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु
  • २०७८ भाद्र १२

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं बारामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको जितपुरसिमरा उपमहानगरपालिका–१६...

मेलम्ची खानेपानीको अवरोध हटाउन मन्त्री घिसिङद्वारा हेलम्बु गाउँपालिकालाई आग्रह
मेलम्ची खानेपानीको अवरोध हटाउन मन्त्री घिसिङद्वारा हेलम्बु गाउँपालिकालाई आग्रह
  • २०७८ भाद्र १२

कोशीपारी अनलाइन कात्तिक २४, काठमाण्डौं ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मेलम्ची...

TOP