२०८३ बैशाख ९
April 22, 2026, Wednesday

ओलीले जाली तमसुक गरे : प्रचण्ड

ओलीले जाली तमसुक गरे : प्रचण्ड

कोशीपारी अनलाइन संवाददाता/ काठमाडौ भाद्र १२, २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी अध्यक्ष र प्रधानमन्त्री पद आलोपालो गर्ने भनेर एमाले अध्यक्ष केपी शर्मा ओलीले जाली तमसुक गरेको टिप्पणी गरेका छन् ।

माओवादी केन्द्र र एमालेबीच एकता हुँदा ओलीले अध्यक्ष र प्रधानमन्त्री पद आधा आधा समय हुने भनेर हस्ताक्षर गरेको तर पछि नमानेको उनको भनाइ थियो ।

‘अध्यक्ष आलोपालो, प्रधानमन्त्री पनि पालो गर्ने भन्नेमा सही गरियो । त्यहाँ भन्दा के चाहियो ? हामीले त जे भनेको त्यही हुन्छ भन्ने बुझियो । तर त्यो पछि त खाली प्रधानमन्त्री प्राप्तीका लागि ठगी धन्दा रहेछ’ प्रचण्डले भने, ‘हामीले चाहिँ उनको ठगी धन्दा तमसुकमा सही गरे पछि त भयो भनि ठान्यौं, हामीले । तमसुक हेरेर बसियो, उनले त प्रधानमन्त्री पड्काए, लगेको लग्यै पारे ।’

अध्यक्ष प्रचण्डले ओलीसँग पार्टी एकता गरेर के पायौं ? भनेर आफूमाथि अहिलेको सत्तारुढ गठबन्धनका नेताहरुले प्रश्न गरेको पनि बताए । आफूले ठूलो पाठ सिकेको जवाफ दिएको भन्दै उनले यो पाठ अरु नेताहरुलाई पनि काम लाग्ने बताए ।

उनले सत्तारुढ गठबन्धनलाई कमजोर बनाउने कसरत भइरहेको उल्लेख गर्दै त्यसका विरुद्ध सशक्त ढंगले लाग्न पनि वाईसीएललाई आग्रह गरे ।

प्रतिक्रियावादी शक्तिहरुले कुनै पनि रुपमा यो गठबन्धनलाई कमजोर पार्ने, यो परिवर्तनलाई उल्टयाउने र कहीँ न कहीँ पुरातनपन्थतिर मुलुकलाई फर्काउने कसरत गरिरहेका छन् । त्यसलाई रोक्नका लागि तपाई युवाहरुप्रति पार्टीको ठूलो भरोसा छ ।’

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ भाद्र १२

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ भाद्र १२

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ भाद्र १२

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP