१४ असार २०७८, क्रान्ति लामा कोशीपारी अनलाइन/ काभ्रे – बृहत माओवादी एकीकरणको लागि विप्लब नेताहरु प्रचण्ड र भट्टराईको निवासमा भेटवार्तामा जुटेका छन् । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताहरुबीच भेटवार्ता भएको छ । शनिबार प्रचण्ड निवास खुमलटारमा नेताहरु बीच भेटवार्ता भएको हो । प्रचण्डलाई भेट्न विप्लवका नेताहरु धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र उदय चलाउने ‘दीपक’ खुमलटार पुगेका थिए । नेता बास्तोलाले बताएअनुसार भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको थियो । नेकपाले अगाडि सारेका मुद्दाहरु (जनमत संग्रह र वैज्ञानिक समाजवाद)का विषयमा प्रचण्डसँग कुराकानी भएको उनले बताएका छन् । प्रगतिशील संयुक्त सरकार गठनका विषयमा पनि छलफल चलेको बास्तोलाले बताए । ‘समसामयिक नेपाली राजनीति, विघटित अवस्थामा पुगेको संसदीय व्यवस्था र नेपाल कम्युनिष्ट पार्टीले समाधान दिन प्रस्ताव गरेको प्रगतिशील संयुक्त सरकार, जनमत संग्रह र वैज्ञानिक समाजवादलगायतका विषयहरुमा छलफल भयो’, बास्तोलाले भनेका छन् । यसअघि गत बुधबार विप्लवका नेताहरुले जसपाका नेता डा. बाबुराम भट्टराईलाई पनि उनकै निवासमा पुगेर भेटेका थिए । प्रतिबन्ध फुकुवा पछि पहिलो भेट सरकारले २०७७ फागुन २० मा विप्लव नेतृत्वको नेकपामाथि लगाउँदै आएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको थियो । प्रतिबन्ध फुकुवासँगै सार्वजनिक भएका विप्लवले हालसम्म पूर्वमाओवादी समूहका शीर्ष नेताहरु प्रचण्ड र बाबुरामसँग भेटघाट गरेका छैनन् । साथै उनी नेतृत्वको नेकपाका नेताहरुले पनि भेटघाट तथा छलफल गरेका थिएनन् । विप्लवसहितका नेताहरुले सत्तारुढ एमालेका नेताहरुसँग पटक–पटक संवाद गरेको भएपनि प्रचण्ड र बाबुरामलाई भने वेवास्ता गर्दै आएका थिए । उनीहरुले माओवादी केन्द्र छोडी एमाले प्रवेश गरेका नेता रामबहादुर थापा ‘बादल’सहितका नेताहरुसँग भने पटक–पटक भेटघाट गर्दै राजनीतिक संवादसमेत गरेका थिए । संसद विघटनको मुद्दामा विपक्षी गठबन्धनले आन्दोलनको तयारी गरिरहेको अवस्था र माओवादी केन्द्रले पूर्वमाओवादीहरुसँग एकताको प्रस्ताव गरिरहेको बेला प्रचण्ड र विप्लवका नेताहरुबीच भएको भेटवार्तालाई भने अर्थपूर्णं रुपमा लिन सकिन्छ । विप्लवका नेताहरुले संसदीय व्यवस्थाको विकल्प खोज्ने कम्युनिष्ट शक्तिसँग सहकार्य हुनसक्ने कुरा पनि सार्वजनिक रुपमै बताउँदै आएका छन् ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...