२०८३ बैशाख ४
April 17, 2026, Friday

कांग्रेस सिन्धुपाल्चोकका युवानेता तामाङद्वारा नवलपुरमा स्वास्थ्य सामाग्री वितरण

कांग्रेस सिन्धुपाल्चोकका युवानेता  तामाङद्वारा  नवलपुरमा स्वास्थ्य सामाग्री वितरण

२८ जेष्ठ २०७८, निर्मला तामाङ कोशीपारी अनलाइन संवाददाता/नवलपुर, सिन्धुपाल्चोक – बिपत्तिको समयमा आफ्ना जनसमुदायलाई सहयोग गर्नु राजनीतिक धर्म नै हो । देश अहिले कोरोना भाइरस(कोभिड १९) बाट निक्कै ग्रसित भैरहदा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताले गाउँवास्तिमा पुगि जनसमुदायलाई विभिन्न माध्यमले सहयोग गर्दै आएको छ । यसै क्रममा नेपाली कांग्रेस सिन्धुपाल्चाेकका युवा नेता विकास तामाङले इन्द्रावती गाउँपालिकामा रहेको नवलपुर प्राथमिक अस्पताललाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री हस्तान्तर गरेका छन्। हामी नेपाल र ह्युमनिटी फाउन्डेसनको सहयोगमा प्राप्त ती स्वास्थ्य सामग्री उनले बिहीवार अस्पतालको प्राङ्गणमा गाउँपालिका अध्यक्ष वंशलाल तामाङ, उपाध्यक्ष मिरा अधिकारी लामा र नवलपुर अस्पतालका डाक्टर धमेन्द्र पाण्डेलाई हस्तान्तरण गरेका हुन्। उनले अस्पताललाई वितरण गरेको स्वास्थ्य सामग्रीहरुमा पीपीइ २५ वटा, अक्सिजन कन्सेन्ट्रेटर २ वटा, सर्जिकल माक्स १० बक्स, गाउन, स्यानिटाइजर र अक्सिमिटरलगायतका सामाग्री रहेको जनाए। प्रदेश सभाका उम्मेद्वारसमेत रहेका तामाङको पहलमा प्राप्त सामग्री हस्तान्तर कार्यक्रममा संस्थाका प्रतिनिधि समाजसेवी जशु तामाङ, तरुण दल जिल्ला सचिव जितबहादुर तामाङ र कांग्रेस ट्रेड युनियनका केन्द्रीय सदस्य बलदेव तामाङलगायत उपस्थित थिए।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ जेष्ठ २८

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ जेष्ठ २८

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ जेष्ठ २८

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP