२०८३ बैशाख ६
April 19, 2026, Sunday

काङ्ग्रेस युवा नेता गणेश लामा कास्की प्रशासनबाट रिहाई

काङ्ग्रेस युवा नेता गणेश लामा कास्की प्रशासनबाट रिहाई

२८ जेष्ठ २०७८, कोशीपारी अनलाइन संवाददाता/काठमाडौ निषेधाज्ञा उल्लङ्घनको आरोपमा बिहीबार पक्राउ परेका नेपाली काङ्ग्रेसका नेता गणेश लामा दुई हजार तिरेर छुटेका छन्। वडा प्रहरी कार्यालय बैदामको नियन्त्रणमा रहेका लामालाई प्रहरीले शुक्रबार जिल्ला प्रशासन कार्यालयमा हाजिर गराएका थिए। कास्कीका प्रमुख जिल्ला अधिकारीले उनलाई दुई हजार जरिवाना लिएर रिहा गर्न आदेश गरेका हुन् । बिहीबार जिल्ला प्रहरी कार्यालय कास्कीले उनलाई निषेधाज्ञा उल्लंघन गरेको आरोपमा पोखराको लेक साइड स्थित खहरेबाट पक्राउ गरेको थियो । लामासँगै पक्राउ परेका चन्द्र लामा र दिपक खड्का पनि जनही दुई हजार जरिवाना तिरेर छुटेका छन् । पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिनुअघि सांसद दिपक मनाङे हराएपछि बिहीबार प्रहरीले उनको घरमा पुगेर सोधपुछ गरेको थियो । सम्पर्क बिहिन भनेर सूचना आएपछि खोज्नका लागी प्रहरी घरमा गएको कास्कीका प्रहरीले बताए । गण्डकी सरकार परिवर्तन गर्न दीपक मनाङेलाई मनाउन उनीहरू पोखरा आएको बताइएको छ। बिहीबार प्रदेश सभामा भएको विश्वासको मतदानमा मन्त्रीसमेत रहेका मनाङे अनुपस्थित भएका थिए।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ जेष्ठ २८

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ जेष्ठ २८

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ जेष्ठ २८

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP