२०८३ बैशाख ६
April 19, 2026, Sunday

राजनीतिक रुपमा बहुमत गुम्यो भने एक मिनेट पनि सत्तामा नबस्ने : मुख्यमन्त्री पोखरेल

राजनीतिक रुपमा बहुमत गुम्यो भने एक मिनेट पनि सत्तामा नबस्ने : मुख्यमन्त्री पोखरेल

२८ जेष्ठ २०७८, कोशीपारी अनलाइन संवाददाता/बुटवल : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजनीतिक रुपमा बहुमत गुम्यो भने एक मिनेट पनि सत्तामा नबस्ने बताएका छन् ।

प्रदेश सभाका विपक्षी चार दलले बहुमत गुमाइसकेको भन्दै राजीनामा मागिरहेका बेला पोखरेलले आफू अहिलेसम्म बहुमतमै रहेको दावी गरेका हुन् ।

जनता समाजवादी पार्टीले कारवाही गरेपछि पदमुक्त भएका चारजना मन्त्रीको सांसद पद सर्वोच्च अदालतको आदेशपछि कायम रहेकाले आफूसँग राजनीतिक रुपमा बहुमत रहेको मुख्यमन्त्री पोखरेलले बताए ।

‘म संसदभित्रको राजनीतिक गणितमा विश्वास गर्छु, जबसम्म राजनीतिकरुपमा सत्तापक्षमा बहुमत रहन्छ म मुख्यमन्त्री रहन्छु’ उनले भने, ‘म अराजनीतिक तरिकामा विश्वास गर्दिन, राजनीतिक रुपमा बहुमत गुम्यो भने स्वाभाविक रुपमा एक मिनेट पनि सत्तामा रहनु हुँदैन भन्ने लाग्छ मलाई ।’

८३ सदस्यीय प्रदेश सभामा मुख्यमन्त्रीको दल नेकपा एमालेका ३८ सांसद छन् । गत वैशाख १९ गते उनी नेकपा एमालेसंग एकल बहुमत रहेको दावी गर्दै संविधानको १६८(१) अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए ।

तर अहिले एमालेको एकल बहुमत नभएको र जसपाका ४ जना सरकारमा सहभागी भएकाले सरकार संविधानको धारा १६८(२) मा परिवर्तन भएकाले यो धारा अनुसार मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने विपक्षी दलहरुको माग छ ।

विपक्षी दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र,जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले गत वैशाख ६ गते मुख्यमन्त्रीविरुद्ध प्रदेश सभामा अविश्वास प्रस्ताव दर्ता गरेका थिए । उक्त प्रस्तावमाथि छलफलका लागि वैशाख १९ गते संसदको विशेष अधिवेशन बोलाइएको थियो । तर सोही दिन बिहान पोखरेलले राजीनामा दिए र विशेष अधिवेशन अन्त्य गराएका थिए ।

त्यसपछि एकल बहुमतको मुख्यमन्त्री नियुक्त भएपछि सत्ता पक्ष र विपक्षी दलबीच राजनीतिक टकराव जारी छ ।

तत्कालीन नेकपाबाट उपनिर्वाचन जितेकी विमला खत्री वलीले माओवादी केन्द्र रोजेको, एमालेका एकजना सांसदले राजीनामा दिएका र दुईजनाले माओवादी केन्द्रका कूलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन समर्थन गर्दै हस्ताक्षर गरेपछि पोखरेल सोही दिन अल्पमतमा परेका थिए ।

विपक्षी गठवन्धनले ४२ जना सांसदको हस्ताक्षर सहित बहुमत देखाएर माओवादी केन्द्रका कूलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउन र पोखरेलको सपथ रोक्न राति ८ बजेसम्म प्रदेश प्रमुख कार्यालयमा धर्ना दिएका थिए ।

विपक्षी दलहरुले गत वैशाख २६ गते दोस्रोपटक मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गरेपनि त्यसले वैधानिकता भने पाएको छैन ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ जेष्ठ २८

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ जेष्ठ २८

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ जेष्ठ २८

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP