२०८२ फाल्गुन २५
March 9, 2026, Monday

अब अर्को पार्टी खोल्ने निर्णय गर्‍यौं : माधव नेपाल

अब अर्को पार्टी खोल्ने निर्णय गर्‍यौं : माधव नेपाल

९ जेष्ठ २०७८, कोशीपारी अनलाइन संवाददाता/काठमाडौ प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा फेरि विघटन गरिएपछि नेकपा (एमाले) भित्रको विवाद फेरि चर्किएको छ । माधव नेपाल समूहले संसद् विघटनको विरोध गर्दै विपक्षी गठबन्धनलाई साथ दिने घोषणा गरिसकेको छ । यी घटनाक्रमसँगै पार्टी पुन: लगभग विभाजनको अवस्थामा पुगेको छ । वरिष्ठ नेता नेपालले अर्को पार्टी खोल्ने निर्णयमा पुगेको बताएका छन् । उनीसँग गरिएको कुराकानी : एमाले फेरि फुटको दिशामा लागेको हो ? केपी शर्मा ओलीले धकेलेर त्यतै पुर्‍याउँदै हुनुहुन्छ । अर्को पार्टी खोल्न बाध्य पार्दै हुनुहुन्छ । तपाईंहरूकै चाहिँ कुरा के हो त ? ओलीजीको प्रतिगमनविरुद्ध राजनीतिक र कानुनी दुवै लडाइँमा जाने हाम्रो स्थायी कमिटीको निर्णय नै छ । हाम्रो आज (शनिबार) पनि बैठक बसेको थियो, उहाँको अलोकतान्त्रिक कदमविरुद्ध संघर्ष गर्ने निर्णय गरेका छौं । तपाईंको समूहका स्थायी कमिटी सदस्यहरू अहिले नि एकै ठाउँमा हुनुहुन्छ र ? को–को हुनुहुन्थ्यो भनेर नसोध्नुस्, हाम्रो स्थायी कमिटी बैठक बसेको थियो र हामीले यही निर्णय गर्‍यौं । यही निर्णय भनेको नयाँ पार्टी खोलेर जाने भन्ने हो ? स्वाभाविक हो नि । तर तपाईंहरूले शुक्रबार गरेको निर्णयले त न प्रतिनिधिसभा जोगियो, न एमाले जोगाउन सक्नुभयो, घाटा त यहाँहरूलाई नै भयो हैन ? -प्रतिनिधिसभामाथि ओलीजीले नै एकपछिअर्को प्रहार गर्न थालेपछि हामीले के गर्न सक्छौं र ? हामीले त जोगाउन सक्दो प्रयत्न गरेकै होनि । उहाँले असंवैधानिक कदम चालेपछि हाम्रोउपाय लागेन । प्रतिनिधिसभा र लोकतन्त्र जोगाउन हामी फेरि पनि लागेका छौं । जो लोकतन्त्र र प्रतिनिधिसभा जोगाउन लाग्छ, उसैले कम्युनिस्ट पार्टी जोगाउने हो । लोकतन्त्र जोगाए मात्र न कम्युनिस्ट पार्टी हुनुको उपादेयता रहने हो । लोकतन्त्र, गणतन्त्र र परिवर्तनविरुद्धमा, विदेशी दासताको पक्षमा, विदेशीले लगाएको काममा लागेपछि त कसरी प्रतिनिधिसभा जोगिन्छ ? तपाईंहरूले पनि समयमै निर्णय गर्न त नसक्नुभएकै हो नि ? निर्णय गर्न त सबै पाक्नुपर्‍यो । यत्तिकै निर्णय गरेर भएन । लोकतन्त्र जोगाउने भन्ने तर आफ्नो पार्टी अध्यक्षलाई हराउन अर्को पार्टीकालाई सहयोग गर्ने दोहोरो चरित्र भयो भन्ने आक्षेप छ, स्पष्टीकरण नै सोधिएको छ ? हामीसँग कुनै मतलब नराखेर उहाँले नै दक्षिणपन्थीहरूसँग साँठगाँठ गरेको होइन ? उहाँले एकलौटी गर्नुभएको छ । विदेशीसँग याचना गर्नुभएको छ । ओलीजीले सोधेको स्पष्टीकरणबारे के कुरा गर्नु ! पार्टी एकताका लागि गठन भएको कार्यदल के हुन्छ ? त्यो कार्यदलको औचित्य उहाँले सिध्याइदिनुभयो । यत्रो कार्यदल बनेको छ, सरसल्लाह गर्नुपर्दैन ? सोध्दै नसोधी संसद् विघटन गर्ने ? केही सल्लाह गर्नुपर्दैन ? अध्यादेश ल्याउनुअघि केही सल्लाह गर्नुपर्दैन ?

Related News

सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
सर्लाही–४ मा हारपछि गगन थापाले दिए अमरेश सिंहलाई शुभकामना
  • २०७८ जेष्ठ ९

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं सर्लाही–४ मा पराजित भएपछि नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले राष्ट्रिय स्वतन्त्र पार्टीकाबाट विजयी भएका...

कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
कार्की आयोगले प्रतिवेदन बुझाउँदै भन्यो : ‘आवश्यक कारबाही वा पुरस्कृत गर्ने काम सरकारको हो’
  • २०७८ जेष्ठ ९

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं जेन–जी आन्दोलन घटना जाँचबुझ आयोगले सरकारलाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनको टोलीसहित आयोग अध्यक्ष गौरीबहादुर...

महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
महिला वर्तमान र भविष्य दुवै हुन् : सुनिता डंगोल
  • २०७८ जेष्ठ ९

कोशीपारी अनलाइन फागुन २४, काठमाण्डौं काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले महिला केवल भविष्य मात्र नभई वर्तमान पनि भएको बताएकी...

TOP