८ जेष्ठ २०७८, कोशीपारी अनलाइन /काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा विघटित प्रतिनिधि सभा पुनःस्थापित हुने बताएका छन्। शनिबार नयाँ बानेश्वरस्थित संसद भवनमा बसेको ५ दलको बैठक सकिएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै प्रचण्डले संसद विघटनविरुद्ध अदालत जाने र अदालतबाट संसद पुनःस्थापित हुने बताए। उनले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन शुक्रबार हस्ताक्षर १४९ गर्ने लगायतका थप सांसद्हरु सहित सर्वोच्चमा जाने बताए। हिजोकै जनताले अहिले पनि प्रतिनिधि सभा विघटनका विरुद्ध प्रतिवाद गर्ने प्रचण्डको भनाइ छ। त्यस्तै, अदालतबाट पनि आफ्नै पक्षमा फैसला हुने उनको भनाइ छ। ‘मध्यरातिमा अपारदर्शी तरिकाले, निरंकुश र षडयन्त्रमूलक ढंगले जसरी संसद् फेरि विघटन गरिएको घोषणा गरिएको छ। त्यसको प्रतिवाद पनि त्यसरी नै गरिने छ। सडकमा पनि, अदालतमा पनि’, उनले भने, ‘हामीलाई विश्वास छ- अदालतले फेरि एकपटक लोकतन्त्र र संविधानको पक्षमा निरंकुशताको विरुद्धमा फैसला गर्नेछ।’ कोरोनाको महामारीको बेलामा सबै शक्ति महामारीको विरुद्धमा उत्रिनुपर्ने बेलामा प्रधानमन्त्री र राष्ट्रपतिले षड्यन्त्रमूलक ढंगले देशलाई दुर्घटनातिर लगेको प्रचण्डले आरोप लगाए ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...