२०८३ बैशाख ५
April 18, 2026, Saturday

प्रधानमन्त्री ओली जसपा नेतासहित अबेर राति किन पुगे शीतल निवास ?

प्रधानमन्त्री ओली   जसपा नेतासहित अबेर राति किन पुगे शीतल निवास ?

७ जेठ २०७८, कोशीपारी अनलाइन संवाददाता/काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसहित राती अवेर राष्ट्रपति भवन शीतल निवास पुगेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेको केही घण्टाभित्रै ओली जसपाका दुई नेतासहित राष्ट्रपति निवास पुग्नु भएको हो ।

तीन नेता करिब सवा ११ बजे शीतलनिवास पुगेको बुझिएको छ । तर राष्ट्रपतिसँगको भेटमा के विषयमा परामर्श भयो भन्ने खुल्न सकेको छैन ।

राष्ट्रपति भण्डारीले आज साँझ ५ बजेसम्म नयाँ सरकारको नेतृत्वका लागि दाबी गर्न समय दिनुभएको छ । नयाँ सरकार गठनका लागि जसपा निर्णायक देखिएको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ जेष्ठ ७

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ जेष्ठ ७

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ जेष्ठ ७

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP