२०८३ बैशाख ५
April 18, 2026, Saturday

माधव नेपालले आफूनिकट केन्द्रीय सदस्यहरुको बैठक बोलाए

माधव नेपालले आफूनिकट केन्द्रीय सदस्यहरुको बैठक बोलाए

३१ बैशाख २०७८, कोशीपारी अनलाइन संवाददाता/ काठमाडौ नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूपक्षीय केन्द्रीय सदस्यहरुको बैठक बोलाएका छन् । शुक्रबार दिउँसो साढे २ बजे भर्चुअल माध्यमबाट बैठक बस्न लागेको स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए । केन्द्रीय सदस्यको बैठकअघि नेता माधवकुमार नेपालले आफूनिकट स्थायी कमिटी सदस्यहरुसँग पनि छलफल गरेका थिए । नेता नेपालले बिहीबार अध्यक्ष केपी ओलीसँग एक्लाएक्लै वार्ता गरेर विवाद समाधान गर्ने सहमति गरेका थिए । उक्त सहमतिले एमाले विवाद समाधान भएको छ । ओलीसँगको सहमति र अबको योजनामाथि छलफल गर्न नेपालले आफूपक्षीय केन्द्रीय सदस्यको बैठक बोलाएका हुन् । ओली र नेपालबीच पार्टीको विवाद समाधान गर्न कार्यदल बनाएर काम गर्ने सहमति बनेको छ । नेता नेपाल आफैले पनि फागुन २८ को निर्णय फिर्ता गर्ने र जेठ २ को अवस्थामा फर्काउन एउटा विधि बनाएर जाने सहमति नजिकपुगेको प्रतिक्रिया दिएका थिए । ओलीसँग सहमति नजिक पुगेपछि अन्तिम समयमा नेपाल समूहका सांसदहरुको राजीनामा पनि रोकिएको थियो । त्यसैलाई लिएर विपक्षी पार्टीहरुले नेपालले प्रतिबद्धताअनुसार भूमिका निर्वाह नगरेको भनेर उनको नियतमाथि प्रश्न उठाएका छन् ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ बैशाख ३१

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ बैशाख ३१

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ बैशाख ३१

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP