२०८२ कार्तिक २८
November 14, 2025, Friday

अध्यक्ष ओलीले आफ्नो गल्ती सच्याउनुभयो, अब एमालेलाई पुनः २०७५ जेठ २ को अवस्थाबाट सञ्चालन गर्नुपर्छ : योगेश भट्टराई

अध्यक्ष ओलीले आफ्नो गल्ती सच्याउनुभयो, अब एमालेलाई पुनः २०७५ जेठ २ को अवस्थाबाट सञ्चालन गर्नुपर्छ : योगेश भट्टराई

३० बैशाख २०७८, कोशीपारी अनलाइन /काठमाडौँ — माधवकुमार नेपाललगायत चार नेतामाथि गरिएको कारबाही फिर्ता लिने निर्णयलाई सकारात्मक भन्दै झलनाथ खनाल-माधवकुमार नेपाल समूहका एक नेता योगेश भट्टराईले अब पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थाबाट अगाडि बढाउनुपर्ने बताएका छन् ।

पार्टी सचिव तथा नेपाल समूहका नेता योगेश भट्टराईले नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि कारबाही गरेर भएको आफ्नो गल्ती अध्यक्ष ‌ओलीले सच्याएको कान्तिपुरसँग बताएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले चार नेतालाई ६ महिनाका लागि निलम्बन गर्ने गत चैत महिनाको निर्णय फिर्ता लिएको थियो । उक्त बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी सञ्चालनबारे आफूमा भएका सबै अधिकार दिएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताएका थिए ।

स्थायी कमिटीको उक्त निर्णपछि सचिव योगेश भट्टराईले अब पार्टीलाई सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको फैसलाअनुसार २०७५ जेठ २ गतेको अवस्थाबाट अगाडि बढाउनुपर्ने बताएका छन् । ‘हाम्रो मुख्य कुरा भनेको २०७५ जेठ २ गतेको अवस्थाबाट नेकपा (एमाले)लाई सञ्चालन गर्नुपर्छ भन्ने हो । त्यसमा अध्यक्षबाट सकारात्मक सम्बोधन हुनेछ भन्ने अपेक्षा छ,’ चार नेतालाई गरिएको कारबाही फुकुवाको निर्णयबारे उनले भने, ‘यो कारबाही गर्नु आवश्यक थिएन । उहाँहरूले गल्ती गर्नुभएको थियो, आफ्नो गल्ती सच्याउनुभयो ।’

Related News

मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
मधेशका पाँच सांसदलाई सभामुखले गरे पदमुक्त
  • २०७८ बैशाख ३०

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं सर्लाही । मधेश प्रदेश सभामा लामो समयदेखि बैठकमा अनुपस्थित रहँदै आएका पाँच जना प्रदेश...

अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
अवकास भएका प्रहरी महानिरीक्षक खापुङलाई विदेश भ्रमणमा रोक
  • २०७८ बैशाख ३०

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ गर्न बनेको आयोगले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आईजीपी)...

कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
कुनैपनि स्वामित्वसमेत नरहेको खड्का ल्याण्डसँग बारम्बार नाम जोडेर चरित्रहत्या गरियो : दीपक खड्का
  • २०७८ बैशाख ३०

कोशीपारी अनलाइन संवाददाता कात्तिक २८, काठमाण्डौं नेपाली कांग्रेसका नेता एवं पूर्वऊर्जामन्त्री दीपक खड्काले नेपाल स्काउटको जग्गामा रहेको खड्का ल्याण्ड डेभलपमेन्ट...

TOP