२०८२ फाल्गुन २९
March 13, 2026, Friday

अध्यक्ष ओलीले आफ्नो गल्ती सच्याउनुभयो, अब एमालेलाई पुनः २०७५ जेठ २ को अवस्थाबाट सञ्चालन गर्नुपर्छ : योगेश भट्टराई

अध्यक्ष ओलीले आफ्नो गल्ती सच्याउनुभयो, अब एमालेलाई पुनः २०७५ जेठ २ को अवस्थाबाट सञ्चालन गर्नुपर्छ : योगेश भट्टराई

३० बैशाख २०७८, कोशीपारी अनलाइन /काठमाडौँ — माधवकुमार नेपाललगायत चार नेतामाथि गरिएको कारबाही फिर्ता लिने निर्णयलाई सकारात्मक भन्दै झलनाथ खनाल-माधवकुमार नेपाल समूहका एक नेता योगेश भट्टराईले अब पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थाबाट अगाडि बढाउनुपर्ने बताएका छन् ।

पार्टी सचिव तथा नेपाल समूहका नेता योगेश भट्टराईले नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि कारबाही गरेर भएको आफ्नो गल्ती अध्यक्ष ‌ओलीले सच्याएको कान्तिपुरसँग बताएका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले स्थायी कमिटी बैठकले चार नेतालाई ६ महिनाका लागि निलम्बन गर्ने गत चैत महिनाको निर्णय फिर्ता लिएको थियो । उक्त बैठकले अध्यक्ष केपी शर्मा ओलीलाई पार्टी सञ्चालनबारे आफूमा भएका सबै अधिकार दिएको स्थायी कमिटी सदस्य सुवास नेम्वाङले बताएका थिए ।

स्थायी कमिटीको उक्त निर्णपछि सचिव योगेश भट्टराईले अब पार्टीलाई सर्वोच्च अदालतको २०७७ फागुन २३ गतेको फैसलाअनुसार २०७५ जेठ २ गतेको अवस्थाबाट अगाडि बढाउनुपर्ने बताएका छन् । ‘हाम्रो मुख्य कुरा भनेको २०७५ जेठ २ गतेको अवस्थाबाट नेकपा (एमाले)लाई सञ्चालन गर्नुपर्छ भन्ने हो । त्यसमा अध्यक्षबाट सकारात्मक सम्बोधन हुनेछ भन्ने अपेक्षा छ,’ चार नेतालाई गरिएको कारबाही फुकुवाको निर्णयबारे उनले भने, ‘यो कारबाही गर्नु आवश्यक थिएन । उहाँहरूले गल्ती गर्नुभएको थियो, आफ्नो गल्ती सच्याउनुभयो ।’

Related News

इरान २०२६ को विश्वकपमा सहभागी नुहने
इरान २०२६ को विश्वकपमा सहभागी नुहने
  • २०७८ बैशाख ३०

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं इरानले २०२६ को विश्वकपमा सहभागी हुन सक्ने अवस्थामा नरहेको जनाएको छ । इरानका खेलकुद मन्त्री...

समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट
समानुपातिक सिट बाँडफाँट, रास्वपालाई सबैभन्दा बढि ५७ सिट
  • २०७८ बैशाख ३०

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ सम्पूर्ण मतगणना सम्पन्नगरी सिट बाँडफाँट गरेको छ। आयोगका अनुसार तीन...

एमाले अध्यक्ष ओलीका पिताको निधन
एमाले अध्यक्ष ओलीका पिताको निधन
  • २०७८ बैशाख ३०

कोशीपारी अनलाइन फागुन २९, काठमाण्डौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधन भएको छ । केही दिनयता...

TOP