२९ बैशाख २०७८, कोशीपारी अनलाइन संवाददाता/काठमाडौँ नेकपा एमालेले बागमती प्रदेशसभा सदस्य तथा दोलखा निवासी पशुपति चौलागाइको निधनमा तीन दिनसम्म पार्टीको झण्डा झुकाउने भएको छ ।
पार्टी सचिव शेरबहादुर तामाङद्वारा जारी शोक विज्ञप्तिमार्फत दोलखा निवासी चौलागाइको निधनप्रति दुःख व्यक्त गर्दै वैशाख २९ गतेदेखि तीनदिनसम्म पार्टी केन्द्रीय कार्यालयमा झण्डा आधा झुकाउने र तीन दिनसम्म शोक पुस्तिका राखिने जनाइएको छ ।
यस्तै पार्टी जिल्ला कार्यालयहरुमा पनि वैशाख २९ गतेदेखि तीनदिनसम्म पार्टीको झण्डा आधा झुकाउन समेत पार्टीले निर्देशन दिएको छ ।
कोरोना संक्रमणबाट मंलबार साँझ निधन भएका एमाले नेता चौलागाइको बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...