२७ बैशाख २०७८, कोशीपारी अनलाइन / काठमाडौ प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाबाट विश्वासको मत लिन असफल भएका छन्। सोमबार प्रतिनिधि सभाको बहुमत सदस्यको विश्वास गुमाएसँगै ओली नेतृत्वमा रहेको सरकार ढलेको हो।
प्रधानमन्त्री ओलीले आज बसेको प्रतिनिधि सभाको बैठकमा आफूलाई प्रतिनिधि सभाका सदस्यहरुको विश्वास रहेको छ भन्ने प्रस्ताव राखेका थिए।
उनले उपस्थित २ सय ३२ मध्ये जम्मा ९३ मत मात्र पाएका थिए। यस्तै उनको विपक्षमा १ सय २४ जनाले मतदान गरेका थिए। १५ जना तटस्थ बसेका थिए।
प्रधानमन्त्री ओलीको विपक्षमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी उपेन्द्र यादव पक्ष, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीका सांसदहरूले मत दिएका थिए।
प्रधानमन्त्री ओलीलाई उनकै पार्टी एमालेको उनी पक्षीय सांसदले मात्रै मत दिएका थिए। १२१ जना सांसद रहेको एमालेले यसअघि विश्वासको पक्षमा मतदान गर्ने ह्वीप जारी गरे पनि २८ सांसद अनुपस्थित थिए।
एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका २८ सांसदले पार्टीको ह्वीप उल्लंघन गरेका हुन्। खनाल–नेपाल समूहले आफ्ना पक्षका सांसद मतदानमा अनुपस्थित रहने निर्णय गरेको थियो ।
ओलीले संसदबाट विश्वासको मत नपाएसँगै मुलुक नयाँ सरकार निर्माणको बाटोमा लागेको छ। अब संविधानको धारा ७६ अन्तर्गत उपधारा २ अनुसारको सरकार बनाउनुपर्ने माग विपक्षी दलहरुले राखिरहेका छन्।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...