२०८२ कार्तिक २३
November 9, 2025, Sunday

प्रधानमन्त्री ओलीले पाएनन् विश्वासको मत

प्रधानमन्त्री ओलीले पाएनन् विश्वासको मत

२७ बैशाख २०७८, कोशीपारी अनलाइन /काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभासमक्ष राखेको विश्वासको प्रस्ताव असफल भएको छ। 

सोमबार प्रतिनिधि सभामा विश्वासको मतका लागि प्रधानमन्त्री ओलीले पेश गरेको प्रस्ताव असफल भएको हो। मतदानमा प्रस्ताव पारित हुन आवश्यक १३६ मत नपुगेसँगै प्रस्ताव पारित हुन नसकेको हो।

प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने कांग्रेस, माओवादी केन्द्र तथा राजमोले प्रस्तावको विपक्षमा मत दिने स्पष्ट पारेका थिए। त्यस्तै, जनता समाजवादीको एक पक्षले प्रस्तावको विपक्षमा र अर्को पक्षले तटस्थ बस्ने निर्णय गरेका थिए।

एमालेको माधवकुमार नेपाल पक्ष बैठकमा अनुपस्थित थिए। प्रस्ताव असफल भएसँगै प्रधानमन्त्री पदमुक्त हुने भएका छन्। उनले सम्भवतः आजै राष्ट्रपतिसमक्ष राजीनामा दिनेछन्।

मतदानमा २३२ सांसद सहभागी थिए। 

Related News

जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
जेनजी आन्दोलनले सबैभन्दा धेरै क्षति निजीले व्यहोरेको छ : अध्यक्ष ढकाल
  • २०७८ बैशाख २७

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकालले आन्दोलनपछि खरानी भएको निजी क्षेत्र अहिले...

निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
निर्वाचनअघि कांग्रेस महाधिवेशनको माग गर्दै ज्ञापन
  • २०७८ बैशाख २७

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं हरेक चार वर्षमा पार्टीको आवधिक महाधिवेशन गरिनुपर्ने माग गर्दै कांग्रेसका केही नेताहरुले ज्ञापन पत्र...

आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
आगामी निर्वाचनमा विवेकको मत प्रयोग गर्न प्रधानमन्त्रीको आह्वान
  • २०७८ बैशाख २७

कोशीपारी अनलाइन संवाददाता कात्तिक २२, काठमाण्डौं प्रधानमन्त्री सुशीला कार्कीले नयाँ पुस्तालाई मतदाता नामावलीमा नाम सङ्कलन गरेर आगामी निर्वाचनमा विवेकको मत...

TOP