२७ बैशाख २०७८, कोशीपारी अनलाइन /काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभासमक्ष राखेको विश्वासको प्रस्ताव असफल भएको छ।
सोमबार प्रतिनिधि सभामा विश्वासको मतका लागि प्रधानमन्त्री ओलीले पेश गरेको प्रस्ताव असफल भएको हो। मतदानमा प्रस्ताव पारित हुन आवश्यक १३६ मत नपुगेसँगै प्रस्ताव पारित हुन नसकेको हो।
प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने कांग्रेस, माओवादी केन्द्र तथा राजमोले प्रस्तावको विपक्षमा मत दिने स्पष्ट पारेका थिए। त्यस्तै, जनता समाजवादीको एक पक्षले प्रस्तावको विपक्षमा र अर्को पक्षले तटस्थ बस्ने निर्णय गरेका थिए।
एमालेको माधवकुमार नेपाल पक्ष बैठकमा अनुपस्थित थिए। प्रस्ताव असफल भएसँगै प्रधानमन्त्री पदमुक्त हुने भएका छन्। उनले सम्भवतः आजै राष्ट्रपतिसमक्ष राजीनामा दिनेछन्।
मतदानमा २३२ सांसद सहभागी थिए।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...