२०८३ बैशाख ९
April 22, 2026, Wednesday

तहगत समायोजन र क्रियाशील विवादकाे टुंगो बस्नेत र लामाले लगाउने

तहगत समायोजन र क्रियाशील विवादकाे टुंगो बस्नेत र लामाले लगाउने

निर्मला तामाङ सिन्धुपाल्चोक सम्बाददाता चौतारा नेपाली काँग्रेस जिल्ला कार्यसमिति सिन्धुपाल्चोकले क्रियाशिल सदस्यता, तहगत समायोजन विवाद टुङ्गयाउने जिम्मा जिल्ला सभापति र केन्द्रीय सदस्यलाई दिएको छ ।                                    केन्द्रीय प्रतिनिधि नरेन्द्र कुमार केसीसहित चाैतारामा बसेकाे जिल्ला कार्यसमितिको पुर्ण बैठकले तहगत समिति समायाेजन, क्रियाशिल सदस्यता वितरणकाे जिम्मा सभापति विकास लामा र केन्द्रीय सदस्य माेहन बहादुर बस्नेतलाई दिईएकाे पार्टी सचिव बिल बहादुर तामाङले जानकारी दिए । बैठकले `नेपाली कांग्रेस स्थानीय तह संगठन पुर्न संरचनाको अन्तरिम व्यवस्था निर्देशिका २०७६´ अनुसार जिल्लाकाे विवाद समाधान गर्न अख्तियारी दिएको छ । समाधानका लागि लामा र बस्नेतकाे बैठक आईतबार काठमाडौंमा बस्नेछ ।                          बैठकमा जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्य, महासमिति सदस्य तथा महाधिवेशन प्रतिनिधि, भातृ एंव शुभेच्छुक संस्थाकाे प्रमुख, जनप्रतिनिधिहरुकाे उपस्थिति रहेको थियाे ।                        जिल्लामा निर्देशिका विपरीत विभिन्न स्थानीय तहहरुमा केन्द्रीय सदस्य बस्नेतले आफूनिकटका व्यक्तिहरुलाई नेतृत्वको जिम्मा दिएका थिए।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ बैशाख ४

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ बैशाख ४

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ बैशाख ४

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP